Comments Add Comment

यामाहाको २५ जना भाग्यशाली विजेताले पाए १ लाख

१२ असोज, काठमाडौं । एमएडब्लु इन्टरप्राइजेज, नेपालको लागि यामाहा बाइकहरु र मोटरसाइकलहरुको आधिकारिक वितरकले बडादशैंको सुखद उपलक्ष्यमा आफ्नो दशैं योजना भिक्ट्री शुभारम्भ गरेको छ ।

यस योजना अन्तर्गत यामाहा बाइक र मोटरसाइकलहरुमध्ये कुनैपनि एक खरीद गर्नेले हरेक दिन गरिने लक्की ड्रबाट रु.१ लाख नगद जित्ने मौका र कुनै पनि यामाहा मोटरसाइकलको खरीदमा रु.७हजार देखि रु.१ लाखसम्म स्योर सट छुट प्राप्त गर्नेछन् ।

साथै केही पनि खरीद नगरेरै अर्को भिन्न सेल्फी प्रतियोगिता मा हरेक हप्ता आइफोन एक्सएस जित्ने अवसर पनि योजनाले दिएको छ र यो हप्ताको विजेता नन्दा महर्जन भएकी छिन् ।

मनसुन झरीलाई बेवास्ता गर्दै हरेक दिन सयौं ग्राहकहरुले यामाहाको शोरुममा बाइकहरुको बारेमा जानकारी लिन तथा प्रतियोगितामा सहभागी भई भिक्टर बन्न भ्रमण गरिरहेका छन् ।

यसरी भ्रमण गर्नु भएका १००० भन्दा बढी सहभागीहरुमध्येबाट २५ जनाले भिक्टर बनेर १/१ लाख रुपैयाँ जितिसकेका छन् ।

नेपालमा यामाहा बाइकहरु एक अत्यन्त विश्वसनीय ब्राण्डको रुपमा चिरपरिचित छन् । यथार्थमा यामाहा बाइकहरु अत्याधुनिक नवीनतम प्रविधियुक्त छन् र चलाउनलाई भरपूर आनन्द प्रदान गर्ने विशेषताहरुले परिपूर्ण छन् । योजनामा ८ हजारभन्दा बढीको संलग्नता रहिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment