Comments Add Comment

कतारका राजदूत भारद्वाज भन्छन्- दलको घेरामा रहँदिन

दोहा । कतारका लागि नेपालका राजदूत डा. नारदनाथ भारद्वाजले राजनीतिक दलको घेरामा रहेर काम नगर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कतार शाखाका टोलीसँग दोहास्थित दूतावासमा भएको भेटमा राजदूत भारद्वाजले सो कुरा बताएका हुन् ।

‘अहिले हरेक क्षेत्रलाई राजनीतिले डोमिनेट गरेको छ । यसमा मिडिया पनि अछुतो छैन,’ उनले भने, ‘म कुनै राजनैतिक दलको निकट रहेको भएपनि अहिले राज्यको प्रतिनिधी हुँ । यस ओहदामा रहँदा कुनै संस्था, दल वा समूहको घेरामा रहँदैन ।’

राजदूत भारद्वाजलाई स्वागत तथा भेटघाट गर्न भन्दै पत्रकारहरुको टोली दूतावास पुगेको थियो । टोलीको नेतृत्व नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिमबक्स मियाँले गरेका थिए ।

सो अवसरमा राजदूत डा.भारद्वाजले पत्रकारहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । उनले पत्रकारहरुलाई नकारात्मकभन्दा सकारात्मक समाचारलाई प्राथमिकता दिन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment