Comments Add Comment

‘सूर्यवंशी’को क्लाइमेक्समा अक्षयसँग अजय र रणवीर पनि

रोहित सेट्ठीको निर्देशनमा चलचित्र ‘सूर्यवंशी’को धमाधम छायांकन भइरहेको छ । अक्षय कुमार स्टारर यस चलचित्रको छायांकन लगभग अन्तिम चरणमा पुगेको छ । अहिले चलचित्रको क्लाइमेक्स दृष्यको छायांकन चलिरहेको छ ।

चलचित्रको क्लाइमेक्समा अक्षय कुमारसँगै अजय देवगण र रणवीर सिंह पनि देखिने भएका छन् । ‘सिंघम’ स्टार अजय र ‘सिम्बा’ स्टार रणवीरलाई ‘सिंघम’को सिरिज ‘सूर्यवंशी’मा एकसाथ देखाउन लागिएको हो ।

निर्देशक सेट्ठीका अनुसार यस चलचित्रको क्लाइमेक्स धमकेदार हुनेछ । क्लाइमेक्सका लागि निर्माण पक्षले भरपूर मेहनत गरेको बताइएको छ । अजय र रणवीरले पनि चलचित्रको लागि मेहनत गरेका छन् ।

आगामी वर्षको मार्चमा रिलिज हुने यस चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । करण जोहरले निर्माण गर्ने यस चलचित्रमा कट्रिना कैफको पनि मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment