Comments Add Comment

आँखा रोग विश्वमै भयावह

आज विश्व दृष्टि दिवस।  विश्वभर अक्टोबार १० तारिखमा मनाइने यो दिवस ‘दृष्टि पहिलो प्राथमिकता’को नारासहित नेपालमा पनि मनाइदै छ । दृष्टि समस्या,  उपचार रोकथाम तथा समाधानका विषयमा चेतना फैलाउनका लागि यो दिवस मनाइन्छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । सन् १९८१ मा नेपालमा नै पहिलोपटक अन्धोपनको सर्वेक्षण कार्य सम्पन्न भएको थियो । उक्त सर्वेक्षणले नेपालमा कुल ०.८४ प्रतिशत जनता दृष्टिविहीन रहेको तथ्य उद्घाटित गरेको थियो भने अन्धोपनका प्रमुख कारकहरुमा क्रमशः मोतिविन्दु, ट्रकोमा, भिटाटिन ‘ए’ को कमी, जलबिन्दु, दृष्टिपर्दाका रोगहरु रहेको पाइएको थियो ।

आँखा स्वास्थ्यसम्बन्धी केही तथ्य

१. विश्वमा  ३ करोड ६० लाख मानिस दृष्टिविहीन छन् ।

२.   २१ करोड ७० लाख मानिसमध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतिविन्दुको समस्या रहेको छ । जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिन्छ ।

३.    २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यूनदृष्टिबाट प्रभावित छन् ।

४.   १ अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् ।

५.   अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष देखिएको छ ।

६.   कूल दृष्टि दोष मध्ये झण्डै ६५% मानिसहरु ५० वर्ष र माथिका उमेरका छन् ।

७.  अन्धोपना र दृष्टिदोषको भार १९९० को ४.५८ प्रतिशत बाट घटी २०१५ मा ३.३७ प्रतिशतमा झरेको छ ।

८. नेपालमा ३ सय जना नेत्र बिशेषज्ञ, ८ सय जना दृष्टि बिशेषज्ञ र २ हजार ५ सय नेत्रसहायक दर्ता भई सेवा प्रदान गरिरहेका छन् ।

९.   १ लाख २० हजार मानिस दृष्टिविहिन छन् ।

१०.  १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ ।

११.   ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् ।

१२.   दृष्टिदोष भएका मध्ये ८९ प्रतिशत मानिसहरु विकासोन्मुख देशमा बसोबास गर्दछन् ।

१३.   अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् ।

१४.  अन्धोपनाको १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।

१५.    उच्च तथा मध्यम प्रकारका न्यूनदृष्टि रहेका मध्य लगभग ६० उच्च तथा मध्यम प्रकारको न्यून दृष्टि महिलामा रहेको छ ।

१६.   न्यूनदृष्टिको मूख्य कारणहरुमा दृष्टिदोष, मोतिविन्दु र जलविन्दु रहेका छन् ।

१७.    दृष्टिविहीनको मूख्य कारणहरुमा मोतिविन्दु, जलविन्दु र आँखाको पर्दा रहेका छन् ।

१८.    पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारण ले हुने न्यूनदृष्टि समस्या उन्मूलन भएको छ ।

१९.    हरेक वर्ष नेपालमा अनुमानित ३० प्रतिशत मानिसलाई आँखाको जाँच गराउनुपर्ने देखिन्छ ।

२०.    सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भे नेपाल पेडियाट्रिक अकुलर डिजिज स्टडीमा ०.०६ प्रतिशत बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० प्रतिशत  बालबालिकाहरुको  उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ ।

डा. बुढाथोकी आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखा प्रमुख हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment