+

महिनावारीको समयमा बेहोस हुने समस्या के हो ?

२०७६ असोज  २८ गते १३:४२ २०७६ असोज २८ गते १३:४२
महिनावारीको समयमा बेहोस हुने समस्या के हो ?

‘ओभरियन सिस्ट’ डिम्ब निर्माण प्रकृयासँग सम्बन्धित एक स्त्री रोग हो । ओभरियन सिस्ट एक तरल पदार्थले भरिएको थैली हो । जो महिलाहरुको एक या दुवै अण्डासयमा बन्ने गर्दछ । यो एक आम समस्या हो जुन कुनैपनि महिलामा हुनसक्छ । कसैका लागि भने यो धेरै हानिकारक समेत हुने गर्छ ।

ओभरियन सिस्ट भयो भनेर डराउनुपर्ने कुनैपनि कुरा छैन । यस प्रकारको सिस्ट धेरैजसो घातक हुँदैनन् र केही समयपछि आफैं हराउँछन् । तर, कहिलेकाहीँ यो सिस्ट्स फुट्यो भने यसले गम्भीर समस्या सिर्जना पनि गर्न सक्छ ।

के हो ओभरियन सिस्टको लक्षण ?

ओभरियन सिस्ट हुँदा केही भिन्न खालका लक्षणहरु देखिन्छन् । ती लक्षण एवं संकेतहरुलाई हामीले तल उल्लेख गरेका छौं ।

– यो रोग लागेपछि तल्लो पेट वा पेल्भिसमा सामान्य किसिमको पीडा सुरु हुन्छ । यौन सम्पर्क गर्ने बेलामा यो पीडा धेरै बढ्ने गर्छ ।

– यो समस्या भएका महिलाहरुमा महिनावारीको समय, सुरु वा अन्त्य समयमा पीडा महसुस हुने गर्छ । यस्तो रोग लागेका महिलाहरुको पाठेघरबाट असामान्य रुपमा रगत बग्ने गर्छ । यस्तो रोग लागेका मानिसहरुको महिनावारी समेत गडबडी हुनसक्छ ।

– यो रोग लागेको महिलाको पेट भारी हुने, हावा भरिएको महसुस हुने र पेट फुल्ने समस्या हुन्छ ।

– यो समस्या भएपनि डिम्बासयमा सिस्ट (पानीका फोका) फुटेको बेलामा तल्लो पेटको एक पाखोमा अचानक तीक्ष्ण पीडा महसुस हुन्छ ।

– पिसाब लाग्ने अवधिमा परिवर्तन आउने वा पिसाब अड्किने वा मलाशय आसपासको भागमा दबाव पर्ने हुनाले दिसा गर्ने समयमा पीडा हुन्छ ।

– यो समस्याले गर्दा धेरै थकाइ लाग्ने, टाउको दुख्ने, वाकवाक लाग्ने वा वान्ता हुने गर्दछ । साथै शरीरको तौल पनि कम हुने गर्छ ।

कसरी र किन बन्छ ओभेरियन सिस्ट ?

ओभेरियन सिस्ट पनि दुई प्रकारका हुन्छन् । पहिलो कार्यात्मक र दोस्रोमा अन्य ओभेरियन सिस्ट्सको निर्माण हो । पहिलो सिस्ट्स मासिक धर्मको कारण बन्छ । जुन असाधारण कोसिकाहरु बढ्दै जाँदा बन्ने गर्छ । यो प्रायः हानिकारक हुँदैन र धेरै महिलाहरुमा यो देख्ने गरिन्छ ।

तर, दोस्रो सिस्ट्स कमै महिलाहरुमा पाउने गरिन्छ । यस प्रकारको सिस्ट ती कोशिकाहरुबाट बन्ने गर्दछ, जसबाट अण्ड बन्ने गर्छ । जुन गर्भाशयको बाहिर पनि हुने गर्दछ । यसरी बन्ने सिस्ट्स आकारमा ठूला र फुट्ने ज्यादा खतरा हुन्छ । यसप्रकारको ओभेरियन सिस्ट्स क्यान्सरयुक्त पनि हुनसक्छ, जसलाई तुरुन्त हटाउनुपर्दछ ।

कसरी गर्ने यसको उपचार ?

यसको उपचार मात्रै केही स्थितिमा मात्रै हुने गर्दछ । ओभेरियन सिस्ट्स आकारमा ४ से.मी.भन्दा कम हुन्छ र जसमा सफा तरल पदार्थ पाइन्छ । यसमा प्रायः कुनैपनि उपचारको आवश्यकता पर्दैन । तर, यो बढेर ५ से.मी. वा त्योभन्दा धेरै भयो भने यसको उपचार जरुरी हुन्छ । किनकी ढिलागरी यसको उपचार गराउनुले समस्या झनै जटिल हुन्छ ।

यो सिस्ट्स हटाउने एउटा उपाय हो ल्याप्रोस्कोपिक सर्जरी । जसलाई ओभेरियन सिस्टेक्टोमी पनि भन्ने गरिन्छ । यो विधिबाट उपचार गरेपछि बिरामीको कोसिकामा क्यान्सरयुक्त पदार्थ छ कि छैन भनेर जाँच गर्न पठाइन्छ ।

कस्तो अवस्थामा गर्ने अल्ट्रासाउन्ड ?

बच्चा जन्माउने उमेरका महिलामा अल्ट्रासाउन्ड गरेर सामान्य सिस्ट पत्ता लागेको छ भने फलोअप उपचारमा जाँदा फेरि अल्ट्रासाउन्ड गरिरहनु आवश्यक छैन । सामान्यतया ५ सेन्टिमिटरभन्दा साना सिस्टहरू डिम्बासयमा देखिने ससाना थैलीहरू मात्र हुन् । महिनावारी नरोकिएका वयस्क महिलाहरूमा देखा परेका ५ देखि ७ सेन्टिमिटरसम्मका सामान्य सिस्टहरू प्रत्येक वर्ष परीक्षण गर्नुपर्छ ।

त्यस्तै ७ सेन्टिमिटरभन्दा ठूला सिस्टहरू देखापरेको खण्डमा विस्तृत अध्ययनको लागि एमआरआई वा शल्यक्रिया गर्नुपर्ने हुन्छ । किनकी अल्ट्रासाउन्ड तरंगको भित्र छिर्ने क्षमता सीमित हुनाले यसले ठूला आकार भएका सिस्टको नरम तन्तुमा गाँठा बनेको छ/छैन वा डिम्बाशयको भित्तामा कति बाक्लो पत्र (सेप्टम) बनेको छ हेर्न सम्भव छैन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची