Comments Add Comment

पूजा र आकाशको ‘संझना विर्सना’

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले पर्दामा चौथो पटक सहकार्य गर्ने भएका छन् । पूजा र आकाशको मुख्य भूमिका रहने चलचित्र ‘संझना विर्सना’को आज शुभसाइत गरिएको छ । भद्रकाली मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । यो चलचित्र पूर्ण रुपमा प्रेम कथामा बन्नेछ ।

चलचित्रको छायांकन दार्जिलिङ्ग, सिक्किम र नेपालमा हुनेछ । निमेष प्रधानले निर्देशन गर्ने चलचित्रमा आदित्य प्रधान र रेविका प्रधानको लगानी रहनेछ । चलचित्रमा सुनिल थापा, शिशिर राणा, चाँदनी प्रधानको मुख्य भूमिका रहनेछ । आदित्य फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई शिव ढकालले खिच्नेछन् । कात्तिकको २१ गतेबाट यो चलचित्रको छायांकन सुरु हुँदैछ ।

पूजा र आकाशले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ आजबाट देशभर रिलिज भएको छ । यी दुई अभिनित ‘रामकहानी’ रिलिज भैसकेको छ भने ‘सम्हालिन्छ कहिले मन’ रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment