Comments Add Comment

दिल्ली विमानस्थलमा शंकास्पद वस्तु भेटियो

१५ कात्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु भेटिएको छ । विमानस्थलको आगमन क्षेत्रको टर्मिनल–३ मा शुक्रबार बिहान शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु राखिएको झोला भेटिएको सूचना पाएलगत्तै प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको छ । झोलाभित्र विस्फोटक पदार्थ (आरडीएक्स)हुनसक्ने आशंका प्रहरीको छ । यद्यपि, अहिलेसम्म त्यहाँका सुरक्षाकर्मीले यसको पुष्टि गर्न भने सकेका छैनन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, बम डिस्पोजल टोलीले उक्त वस्तु निस्क्रिय पार्ने प्रयास गरिरहेको छ ।

विमानस्थलमा त्रास

टाइम्स अफ इण्डियाका अनुसार ट्रलीमा बेवारिसे कालो झोला भेटिएको थियो । शंकास्पद लागेपछि सुरक्षाकर्मीले तालिमप्राप्त कुकुरबाट जाँच गराएका थिए । कुकुरले बिष्फोटक पदार्थ भएको सकारात्मक संकेत देखायो । त्यसपछि एक्सरे पनि गरियो । तर, एक्सरेबाट पनि बिष्फोट पदार्थ नै हो भनेर एकीन गर्न सुरक्षाकर्मीले सकेनन् ।

विमानस्थलमा शंकास्पद वस्तु भेटिएको खबर एकैछिनमा विमानस्थलमा फैलिएको थियो । खबर फैलिएपछि विमानस्थलका यात्रुहरूबीच भागदौड मच्चिएको बताइएको छ । सो क्षेत्रमा गाडीहरुको आवात जावत बन्द गरिएको छ । शंकास्पद वस्तु भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment