Comments Add Comment

लैंगिक हिंसा सुन्दा–सुन्दै कान पाकिसक्यो : मन्त्री साह

२० कात्तिक, जनकपुरधाम । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले लैंगिक हिंसा सुन्दा–सुन्दै आफ्नो कान पाकिसकेको बताएका छन् ।

जनकपुरधाममा बुधबार आयोजित लैंगिक हिंसा अन्त्यका लागि पुरुषको सहभागिता एवं बाल संरक्षणमा स्थानीय तहको नीति कार्यक्रम सम्बन्धी अन्तर सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘लैगिंक हिंसा घरभित्रै हुन्छ, समाजभित्रै भइरहेको छ,’ उनले भने, “कुनै पनि सरकारले यसलाई नियन्त्रण गर्न सक्दैन् । घर र समाजकै व्यक्तिहले नियन्त्रण गर्नु जरुरी छ ।”

मन्त्री साहले लैंगिक हिंसाविरुद्व सरकारले कानून बनाइसकेको र चेतनामूलक कार्यक्रमहरु गरिरहेको उल्लेख गर्दै घर, परिवार र समाजका व्यक्तिहरु एक नभएसम्म लैंगिक हिंसाको अन्त्य हुन नसक्ने बताए ।

उनले महिलाहरु घरायसी काममा लागिरहेपनि पुरुषहरु पनि गोरुजस्तै खटिरहेको बताए । ‘पुरुषले गोरुजस्तै गरी कसका लागि काम गर्छन् ? महिलाका लागि’, उनले भने ।

महिलालाई खुशी राख्न, गरगहनाहरु किनिदिन र उनको हरेक आवश्यक्ता पूर्ती गर्न पुरुषले काम गर्ने गरेकाले महिलाले घरायसी काम गरेर चित्त दुखाउन नहुने बताए ।

उनले बालबालिकाको हकअधिकार स्थापित गराउन प्रदेश सरकार तल्लिन रहेको बताउँदै बालबालिकाको अधिकार सम्बन्धी विधेयक प्रदेशसभामा पेश भई छलफल भइरहेको बताए ।

कार्यक्रममा प्रदेशसभा सांसद मञ्जु यादवले लैंगिक हिंसालाई न्यूनिकरण गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड् दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment