Comments Add Comment

हत्याको आरोपमा १७ वर्षदेखि फरार २ जना पक्राउ

२४ कात्तिक, काठमाडौं । हत्याको आरोपमा १७ वर्षदेखि फरार रहेका २ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको खनियाबास गाउँपालिका-३ का ४२ वर्षीय गोम लामा तामाङ र सोही ठाउँका ३७ वर्षीय सुक लामा तामाङ रहेका छन् ।

धादिङको साविक दार्खा गाविस- २ बस्ने २४ वर्षीय पशुराम तामाङको हत्या गरी फरार रहेको आरोपमा दुवै जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।

२०५९ साल कात्तिक २९ गते बेलुकी एकादशीको मेला भर्न गएका पर्शुरामलाई पुरानो रिसीबी तथा युवतीको विषयलाई लिएर गोम र सुकले धारिलो हतियार खकुरी र नाइन स्टिक प्रहार गरेका थिए ।

धारिलो हतियार खकुरी र नाईन स्टिक प्रहारबाट पर्शुरामको मृत्यु भएपछि उनीहरु फरार भएका थिए । फरार गोम वैदेशिक रोजगारीका क्रममा दुवइमा ३ वर्ष बसेर नेपाल फर्किएका थिए भने सुक कतार तथा मलेसियामा ६ वर्ष बसेर नेपाल फर्केका थिए ।

लुकीछिपी अवस्थामा काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिका-१ मा कृषि फर्म तथा घर जग्गाको व्यवसाय सञ्चालन गर्दै आइरहेको अवस्थामा गोमलाई आइतबार विहान गागलफेदीबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक  पाण्डेले बताए ।

सुकलाई पनि काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिका-६ बाबा चोक मुलपानीमा लुकीछिपी चियापसलको व्यवसाय सञ्चालन गर्दै आइरहेको समयमा आइतबार नै नियन्त्रणमा लिएको पाण्डेले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment