Comments Add Comment

१ सय ८ मेगापिक्सेलको तस्वीर कस्तो हुन्छ ?

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले विश्वकै पहिलो यस्तो स्मार्टफोन लञ्च गरेको छ, जसमा १ सय ८ मेगापिक्सेलको एउटा क्यामरा रहेको छ ।

शाओमी Mi CC9 प्रो नामक उक्त क्यामराको एक्स्ट्रा हाइ रिजोलुसन सेन्सरको डिजाइन दक्षिण कोरियाली कम्पनी सामसुङले गरेको हो । यो क्यामरा विश्वमा स्मार्टफोनमा प्रयोग गरिएको अहिलेसम्मकै शक्तिशाली क्यामरा हो ।

अहिलेसम्मकै शक्तिशाली स्मार्टफोन क्यामराबाट कैद हुने तस्वीर कस्तो होला ? कम्पनीका अनुसार यस तस्वीरबाट निकै नै प्रष्ट तथा अति उच्च रिजोलुसनयुक्त तस्वीर खिच्न सकिन्छ, जहाँ तस्वीरमा कैद भएका हरेक दृश्यका डिटेल्स बेजोड हुनेछन् ।

तथापि हालै यो क्यामरामा गरिएको परीक्षणबाट केही फरक तथ्य फेला परेको छ । यो क्यामराबाट खिचिएका तस्वीरमा कम रिजोलुसन क्यामराको स्मार्टफोनको तुलनामा डिजिटल डिस्टर्सन उच्च पाइएको छ ।

शाओमी एमआई सिसि नाइन प्रो प्रिमियम स्मार्टफोन हाल चिनिया बजारमा मात्र लञ्च गरिएको छ । यसको सुरुवाती मूल्य २७ सय ९९ युआन तोकिएको छ ।

शाओमीका अनुसार कम्पनीको एमआइ नोट १० स्मार्टफोनमा पनि यहीँ क्यामरा प्रयोग हुनेछ । नोट १० यसै हप्ता लञ्च गर्ने योजना शाओमीको छ र यसलाई चीन बाहेक अन्तराष्ट्रिष्य बजारमा पनि बिक्रि गरिनेछ।

रिसर्च फर्म क्यानालिसका अनुसार ९.१ प्रतिशत बजार हिस्सा सहित शाओमी विश्व स्मार्टफोन बजारमा चौथो स्थानमा रहेको छ । शाओमी ब्राण्डका स्मार्टफोनको बिक्रि युरोपेली बजारमा पनि तिव्र रुपमा बढिरहेको छ । भारतमा त शाओमीले सामसुङलाई नै टक्कर दिइरहेको छ । आगामी वर्ष सन् २०२० मा शाओमीले कम्पनीले जापानमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको छ ।

क्यामराको साइड इफेक्ट

अहिलेसम्म १ सय मेगापिक्सेल भन्दा माथिका क्यामराहरु मध्यम क्षमताका डिजिटल क्यामरामा प्रयोग हुने गरेको थियो, जसको मूल्य पनि महंगो पर्दछ ।

तर समयक्रमसँगै उच्च रिजोलुसनयुक्त क्यामरालाई स्मार्टफोनमै राख्न थालिएको छ । तर यसो गर्दा ‘क्रस टक’ हुने सम्भावना बढ्दछ । क्रस टक भनेको यस्तो अवस्था हो जहाँ एक पिक्सेलको इलेक्ट्रिक गतिविधिहरु अर्को पिक्सेलसँग टकराउन वा मिल्न जान्छ । यस्तोमा क्यामराबाट कैद भएका तस्वीरमा डिजिटल न्वाइज वा अस्पष्टता आउँदछ ।

स्मार्टफोनमा निकै सानो ठाउँमा यस्तो उच्च क्षमताको क्यामरा राख्नुपर्ने हुँदा त्यसबाट कैद हुने प्रकाशमा पनि असर पर्दछ । जसका कारण खिचिने तस्वीरमा कम प्रकाश हुने समस्या पनि हुन सक्दछ ।

स्मार्टफोनको समीक्षा गर्ने वेबसाइट DXOMark का अनुसार MICC9 प्रो प्रिमियम स्मार्टफोन अन्य ब्राण्डका प्रिमियम स्मार्टफोनहरु भन्दा बढि कलात्मक देखिएको छ ।

शाओमीले यसअघि एमआई मिक्स अल्फा स्मार्टफोनमा १०८ मेगापिक्सेलको स्मार्टफोन लञ्च गर्ने घोषणा गरेको थियो । सेप्टेम्बरमा लञ्च भएको उक्त स्मार्टफोनलाई लक्जरी स्मार्टफोनको रुपमा लञ्च गरियो र मूल्य १९ हजार ९९९ युआन तोकियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment