+
+
Shares

रामेछापकाे उमाकुण्ड-५ मा नेकपा र कांग्रेस मुख्य प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २६ गते १५:१३

२६ कात्तिक, रामेछाप । आगामी मंसिर १४ गते हुने उपचुनावमा उमाकुण्ड गाउँपालिका-५ को वडाअध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

उपचुनावका लागि दुई दलले उम्मेदवारको घोषणा गरी प्रचारप्रसार थालिसकेका छन् । मनोनयन दर्ता भने बुधबार मात्रै हुने छ ।

वडाध्यक्षका लागि नेकपाले कुलबहादुर बस्नेतलाई उम्मेदवार घोषणा गरेको नेकपा रामेछापका सचिव शान्तिप्रसाद पौडेलले जानकारी दिए ।

बस्नेत यसअघि सोही वडाका निर्वाचित वडा सदस्यह हुन् । वडाअध्यक्ष कुवेर खत्रीको गत वर्ष मृत्यु भएपछि बस्नेतले नै कार्यवाहाक वडाध्यक्षको रुपमा काम गर्दै आएका थिए ।

नेपाली कांग्रेसले भने भने वडाध्यक्षका लागि महिलालाई   अघि सारेको छ । सावित्री सुनुवारलाई उम्मेदवार घोषणा गरी कांग्रेसले चुनावी अभियान सुरु गरेको कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले जानकारी दिए ।

यो वडामा कूल एक हजार ७४९ मतदाता रहेका छन् । रामेछाप जिल्लामा एउटै मात्र वडामा उपचुनाव हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?