Comments Add Comment

राष्ट्रियताको सवालमा सरकारले खुट्टा कमाउँदैन : मन्त्री अर्याल

२६ कात्तिक, वीरगञ्ज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले राष्ट्रियताको सवालमा सरकारले खुट्टा नकमाउने बताएकी छन् ।

वीरगञ्जमा मंगलबार आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री अर्यालले लिपुलेक र कालापानी नेपालकै भएको बताइन् ।

‘राष्ट्रियताको सवालमा दुई तिहाइको सरकारले खुट्टा कमाउने कुरै छैन । लिपुलेक र कालापानी नेपालमै भएको नक्सामा प्रकाशित भइसकेको छ । लिम्पियाधुराको विषयमा कुटनैतिक पहल भइरहेको छ,’ उनले भनिन् ।

अर्को प्रशंगमा उनले सरकारले गरेका कामलाई बेवास्ता गर्दै मुलुकमा अस्थिरता सिर्जना गर्न एउटा तत्व लागि परेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment