Comments Add Comment

धरानमा उपचुनावको चहलपहल, उम्मेदवारी दर्ता गराउँदै मेयर आकांक्षी

२७ कात्तिक, विराटनगर । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि धरानमा चहलपहल सुरु भएको छन् ।

निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूको उम्मेदवारी मनोनयनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो १ः३० सम्मको समय तोकेको छ । धरानको रिक्त मेयरका लागि उम्मेदवारी दिन बिहानैदेखि चहलपहल देखिएको छ ।

धरानको रिक्त मेयरमा विभिन्न व्यक्तिले आकांक्षा देखाए पनि नेपाली कांग्रेसका तिलक राई र नेकपाका प्रकाश राईलाई मुख्य दाबेदार मानिएको छ ।

उम्मेदवार मनोनयनका लागि नेपाली कांग्रेसलाई ११ बजे र नेकपालाई १२ बजेको समय निर्धारण गरिएको छ । अन्य सानादल र स्वतन्त्र उम्मेदवारका लागि भने समय तोकिएको छैन् ।

मंसिर १४ गते हुने उप निर्वाचनकालागि प्रदेश १ का तीन स्थानीय तहसँगै ७ वटा वडामा निर्वाचन हुँदैछ ।

धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं. ७ को वडाध्यक्षका लागि आगामी मंसिर १४ मा निर्वाचन हुँदैछ । त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिका र मकालु गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ ।

फाल्गुनन्दमा नेकपाले वीरबहादुर कुरुङ्वा र कांग्रेसले वृज आङदाम्बेलाई उम्मेदवार बनाउँदा समाजवादी पार्टीले विमला नेम्वाङलाई अघि सारेको छ ।

त्यस्तै, मकालु गाउँपालिकामा कांग्रेसले दिमन पराजुली, नेकपाले तेजबहादुर पोखरेल र समाजवादी पार्टीले नोर्बु शेर्पालाई उम्मेदवार बनाएका छन् । धरान उपमहानगरपालिका–७ मा कांग्रेसले सुवर्णमोहन पालिकेलाई अघि सारे पनि नेकपाले भने अहिलेसम्म उम्मेदवारको नाम सार्वजनिक गरेको छैन् । नेकपा धरानका एक नेताका अनुसार वडा नम्बर ७ का वडा सदस्य जीवन सुवेदीलाई उम्मदवार बनाउने तयारी छ ।

त्यस्तै, पाँचरकै हिलिहाङ गाउँपालिका–८, फिदिम नगरपालिका–१, मोरङको धनपालथान गाउँपालिका–२, संखुवासभाको खाँदबारी नगरपालिका–३, खोटाङको साकेला गाउँपालिका–३ र भोजपुरको पौवादुम्बा गाउँपालिका–१ को रिक्त पदमा पनि आगामी मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment