Comments Add Comment

धनपालथानको वडाध्यक्षमा कांग्रेस-समाजवादीवीच तालमेल

२७ कात्तिक, विराटनगर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मोरङको धनपालथान गाउँपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालले गठबन्धन गरेका छन् ।

धनपालथान गाउँपालिका-२ को वडाध्यक्षका लागि बुधबार मनोनयन दर्ता भएको छ  । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस र समाजवादीले नेकपाविरुद्ध गठबन्धन गरेका हुन् ।

धनपालथान-२ मा नेकपाले पंकज मण्डल (चौधरी)लाई उम्मेदवार बनाएको छ । कांग्रेसले नारायण साहलाई उम्मेदवार बनाएको छ । समाजवादी पार्टीले कांग्रेसका उम्मेदवारलाई सघाउने समाजवादी पार्टी मोरङ अध्यक्ष राजकुमार यादवले जानकारी दिए ।

आगामी दिन हुने चुनावमा गठबन्धन गर्ने सर्तमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको यादवले बताए । चुनावी गठबन्धनका लागि कांग्रेसले लिखित पत्र पठाएको थियो ।

यस्तो छ ०७४ सालको गणित

धनपालथान-२ को वडाध्यक्षमा ०७४ सालमा तत्कालीन एमालेका बलिराम भगतले ११४६ मत ल्याएर जितेका थिए । कांग्रेसका नारायणप्रसाद साहले ८८९ मत पाएका थिए ।

त्यसबेला अलग्गै चुनाव लडेको माओवादी केन्द्रका उम्मेवारले ५३१ मत पाएका थिए । यसपालि माओवादी र एमालेवीच एकता भएको अवस्थामा गतसालको दुबैको मत जोड्दा १६७७ पुग्छ ।

उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको समाजवादी पार्टीले ०७४ सालको चुनावमा यस वडाबाट ५० मत पाएको थियो । त्यसैगरी हाल कांग्रेसमा समाहित भइसकेको लोकतान्त्रिक फोरमका उम्मेदवारले ०७४ सालमा २८ मत पाएको थियो ।

गत सालको गणितका आधारमा कांग्रेसलाई सघाउने समाजवादी र लोकतान्त्रिक फोरमसमेतको मत जोड्दा प्रजातान्त्रिक खेमाको मत ९६७ पुग्छ । तर, यसपटक वडामा मतदाताको संख्या पनि विगतको भन्दा केही बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment