Comments Add Comment

रुप ज्योतिको मिसिल सरकारी वकिलले प्रहरीलाई नै फर्कायो

२८ कात्तिक, काठमाडौं । उद्योगी डा. रुप ज्योतिमाथि अनुसन्धान नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले प्रहरीलाई मिसिल फिर्ता गरेको छ ।

विगेन्द्रकृष्ण मल्लले दिएको जाहेरीका आधारमा पक्राउ परेका रुप ज्योति र उनकी छोरी सुरुचीका विषयमा अनुसन्धान सकेको भन्दै प्रहरीले बुधबार फाइल बुझाएको थियो ।

तर बुधबार मल्ल आफैं जाहेरी फिर्ता लिन महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए । ठगी भएको भनिएको रकम आफूले फिर्ता पाएको भन्दै जाहेरी फिर्ता लिन चाहेको उनको निवेदन सरकारी वकिलको कार्यालयमा पुगेपछि प्रहरीले बुझाएको मिसिल फिर्ता पठाइएको छ ।

सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता नुमराज खनालले जाहेरी फिर्ता लिन परेको निवेदन माथिसमेत अनुसन्धान गर्न भन्दै सक्कल मिसिल फिर्ता गरिएको जानकारी दिए ।

‘अनुसन्धान पूरा भएको देखिएन, जाहेरीवालाको निवेदनमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले सक्कलै मिसिल फिर्ता गरिएको हो,’ उनले भने ।

गत बिहीबार पक्राउ परेका ज्योति बाबुछोरीलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदाललत काठमाडौंले पहिलोपटक ३ दिन र दोस्रो पटक ५ दिन म्याद थप गरेको थियो । पछिल्लो पटक थपिएको ५ दिनको म्याद बिहीबार नै सकिदैछ ।

मिसिल फिर्ता गरिए पनि प्रक्रिया जारी रहने खनालले जानकारी दिए । उनले भने, ‘प्रक्रिया जारी रहन्छ, प्रहरीलाई म्याद चाहिए, अदालतको अनुमति लिन सक्छ ।’ पूर्वअर्थ राज्यमन्त्रीसमेत रहेका रुप ज्योतिविरुद्ध मल्लले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

यो पनि पढ्नुहोस रुप ज्योति पक्राउको विरोधमा उद्योग वाणिज्य संघको प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment