Comments Add Comment

अग्निहोत्र : वायुमण्डल शुद्धीकरणका लागि

कसरी रोक्छ अग्निहोत्रले प्रदूषण ?

वातावरण प्रदूषणका पछिल्लो समय आम शहरबासीहरुको टाउकोदुखाईको विषय बनेको छ । दिनप्रतिदिन बढ्दै गएको कार्बन उत्सर्जनको कारण दैनिक जीवनयापनमा समेत समस्या हुने गरेको छ । तर, यसको विकल्प के हो ? शरहमा वृक्षारोपणको लागि वातावरणको अभाव, आदिका कारण विशेषगरी काठमाडौं उपत्यका ग्यास च्याम्बरको रुपमा विकास हुँदै गरेको छ ।

अग्निहोत्र, एक किसिमको धार्मिक कृत्यको रुपमा चिनिने गर्छ । दैनिक रुपमा समिधामा घिउ, चामल आदिबाट गरिने हवन आस्तिकहरुको नजरमा भगवानको आह्वान मात्रै होइन वैज्ञानिक रुपमा समेत यसको महत्व धेरै छ ।

विभिन्न वैज्ञानिक अध्ययनहरुले पुष्टि गरिसकेको छ कि वायु प्रदूषण कम गर्नको लागि अग्निहोत्र सहायकसिद्ध हुने गरेको छ । यसमा प्रयोग गरिने हव्य सामग्रीले झण्डै दुई किलोमिटर आसपासको वातावरणलाई शुद्ध गराउँछ भन्ने प्रमाण विज्ञानले नै दिएको छ । त्यसैले हामीले यसलाई केवल धार्मिक कृत्यको रुपमा नमानेर वैज्ञानिक महत्वको रुपमा मान्नुपर्ने वैज्ञानिक मान्यता छ ।

अग्निहोत्रको धार्मिक महत्व

पूर्वीय संस्कृतिहरुले विभिन्न प्रकारका यज्ञको उल्लेख गरेको छ । आजभन्दा तीन हजार वर्ष पहिलेको वैदिक समयमा अग्निलाई सबैभन्दा ठूलो भगवानको रुपमा मान्ने गरिएको थियो । ऋग्वेदको सबैभन्दा पहिलो श्लोकमा नै अग्निको आह्वान गरिएको पाइन्छ । धार्मिक रुपले मात्रैभन्दा पनि त्यतिबेलाको सामाजिक अवस्थामा घाम, पानी, मेघ, बतासहरुलाई समेत भगवान मानेर पूजा गर्ने चलन थियो । त्यहीँबाट अग्निहोत्रको प्रारम्भ भएको हो ।

त्यो कालमा कृषिमा आधारित समाज थियो । त्यतिबेला कृषकहरुले भोग्ने जस्तासुकै समस्याहरुलाई पनि भगवान रिसाएर भएको मान्ने गरिएको थियो । त्यसैले आफूलाई कुनैपनि समस्या परेको खण्डमा भगवानलाई खुशी बनाउने प्रचलन थियो । त्यतिबेला अग्निलाई भगवान र देवताको सन्देशबाहक मान्ने गरिएको थियो । त्यो समयमा ठाउँ ठाउँमा अग्निलाई नै परमात्मा समेत भन्ने गरेको पाइन्छ ।

अग्निको जन्मलाई योनि, जन्मस्थान, गृह र रुपको आधारमा विभिन्न ३ भागमा बाँड्ने गरिएको छ । जस्तो पहिलो मान्यता अनुसार सूर्य भनेको अग्नि र अग्नि भनेको सूर्य हो । अग्निको पहिलो जन्म आकाशमा भएको मानिन्छ । आकाशमा जन्मिएका सूर्यका आमा अदिती र पिता द्यौश थिए । उनको रुप जाज्वल्यमान रहेको मानिन्छ ।

अग्निको दोस्रो जन्म पृथ्वीमा भएको मानिन्छ । जुन दुई किसिमको काठलाई रगडेर जन्माउने गरिन्छ । १० औला नै उनको पिता मान्ने गरिएको छ । उनको योनी १० औंला रगड्ने शक्तिलाई नै उनको योनि मान्ने गरिन्छ । पृथ्वीको अग्निको स्वरुप रातो हुन्छ ।

तेस्रो अग्नि पानीमा हुन्छ भनिएको छ । पानीमा हुने चक्रको शक्ति नै योनि हो भनिन्छ । अहिले बिजुली निकाल्न प्रयोग गरिने टर्बाइन नै त्यतिबेलाको चक्रको रुपमा चिनिन्थ्यो ।

यही माथि उल्लेख गरिएका ३ किसिमका अग्निमा होम गरेर गरिने यज्ञ नै अग्निहोत्र हो । अग्निहोत्रमा ३३ कोटी भगवानलाई नै आह्वान गर्ने गरिन्थ्यो । तैत्तेरीय ब्राह्मणमा उल्लेख भए अनुसार अग्निहोत्रको लागि ११ किसिमका सामग्रीहरु आवश्यक हुन्छन् । ती निम्नानुसार छन् ।

१ दूध

२ दही

३ श्लेष(लप्सी)

४ घिउ

५ भात

६ चामल

७ जौ

८ सोमरस

९ मासु

१० तेल

११ उरद

यी सामग्रीहरुबाट हरेक दिन अग्निहोत्र गर्नुपर्ने मानिन्छ । यसरी अग्निहोत्र गर्दा देवीदेवताहरु प्रसन्न हुने मात्रै होइन सबै जनाले शुद्ध वैदिक मन्त्रहरुको उच्चाहरण गर्दा आउने आवाजले दुष्ट आत्माहरु भाग्छन् भन्ने मान्यता राखिन्छ । जुन धुवाँ निस्किएको हुन्छ त्यसको वायुमण्डललाई राम्रो गर्छ र प्रदूषण कम हुन्छ भन्ने मान्यता थियो ।

अग्निहोत्रको वैज्ञानिक महत्व

यज्ञ कुण्डमा प्रयोग गरिने समिधा बनाउने काठमा सेलुलोज भन्ने पदार्थ पाइन्छ । जसको पूर्ण दोहनबाट यसको वास्पीकरण हुने गर्छ । अग्निकुण्डमा जुन प्रकारको समिधालाई प्रयोग गरिन्छ त्यसलाई साढे २ सय डिग्रीदेखि ६०० डिग्रीसम्मको तापमा जलाउने गरिएको हुन्छ । जबकी यसबाट निस्कने ज्वालाको तापमान नै १२०० डिग्री सेल्सियसदेखि १५०० डिग्री सेल्सियससम्म हुनेगर्छ । समिधामा धुवाँ नआउने गरी बलेको आगोमा मात्रै अग्निहोत्रका सामानहरु हवन गर्न सकिन्छ भन्ने धार्मिक मान्यता छ । त्यसैले धुवाँ आएको आगोमा हवन गर्ने गरिँदैन ।

जब सेलुलोज अरु पदार्थहरु जस्तो कार्बाेहाइड्रेड, अक्सिजन, कार्वनिक पदार्थ आदिको मिश्रण उक्त सेलुलोजसँग हुने गर्छ । त्यतिबेला ठोस बस्तुहरु एकदमै सुक्ष्म अवस्थामा विभाजित अवस्थामा पाइन्छ ।

कुनैपनि पदार्थ जलेपछि जुन ग्यासको रुपमा वायुमण्डलमा जान्छ । त्यसमा असंख्य मात्रामा व्याप्त हुन्छ । यो कुरा सन् १९६६ सालमा क्यालिफोर्निया विश्वविद्यालयका बैज्ञानिकहरुको एउटा सेमिनारलेले पनि पुष्टि गरेको छ । सो सेमिनारले अग्निमा कुनैपनि हव्य सामग्रीलाई अक्सिकृत बनाउन सक्ने क्षमता हुने निष्कर्ष निकालिएको थियो ।

कसरी रोक्छ अग्निहोत्रले प्रदूषण ?

यज्ञमा प्रयोग गरिने पदार्थहरुमा घिउ र वनस्पतिसँग जोडिएका चिल्लो पदार्थ पनि समावेश भएका हुन्छन् । घिउ नै दाउराको तीब्र जलनको मुख्य कारक हो । अग्निहोत्रमा चिल्लो बोसोयुत्त पदार्थको साथमा ‘फ्याट एसिड’को समेत संयोजन हुने गर्छ ।

यो प्रक्रियामा एक किसिमको हाइड्रोकार्वन पनि उत्पादन हुने गर्छ । यस्तो हाइड्रोकार्वन पुनः मन्द गतिमा बल्दै जान्छ । जसको फलस्वरुप मिथाइल र इथाइल अल्कोहल, फामेल्डिहाइड, एसिटेल्डिहाइड, फार्मिक एसिड, ऐसिटिक एसिड आदिको निर्माण हुनेगर्छ ।

फाल्डिहाइडले वातावरणमा उपस्थित हानिकारक जीवाणुहरुलाई नष्ट गर्ने गर्छ । यही प्रकारले यज्ञबाट उत्पन्न भएको अन्य पदार्थहरु जस्तो फार्मिक अम्ल तथा एसिटिक अम्ल समेत राम्रो रोग अणुरोधक कार्य गर्ने गरेका थिए । प्रकाश रासायनिक प्रक्रिया अन्तर्गत् कार्बन डाइअक्साइडको मात्रामा कमी आउनुको साथै अक्सिजनको मात्रामा वृद्धि हुने गर्छ । यही कारणले नै यज्ञ गर्दा वातावरण शुद्ध हुन्छ भन्ने वैज्ञानिक मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment