Comments Add Comment

सिटी एक्स्प्रेसको ‘न यति न उति, सिधै लखपति’ योजनाको विजेता घोषणा

४ मंसिर, काठमाडौं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६– न यति न उति सिधै लखपति’ उपहार योजनाका विजेता घोषणा गरिएको छ ।

योजनामा लक्की ड्रमार्फत उपभोक्ताले दैनिक २०० रुपैयाँको मोबाइल टप अप १० जनाले जित्न सक्ने, साप्ताहिक रुपमा १ जना विजेताले १० हजार रुपैयाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने १ जनाले १ लाख रुपैयाँ जित्न सक्ने, उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप १० लाख रुपैयाँ जित्न सक्ने घोषणा गरिएको थियो ।

योजना असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् ।

उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले १० हजार रुपैयाँ जितिसकेका छन् ।

सबै उपहार विद्युतीय लक्की ड्रमार्फत विजेता छनोट गरिएको थियो । हालै गरिएको उपहार घोषणा अन्तर्गत जापानबाट पैसा पठाई पहिलो (असोज) महिनाको १ लाख रुपैयाँको मासिक लक्की ड्रमा परी बाग्लुङ निवासी हाल जापानमा कार्यरत गोविन्दबहादुर थापा विजेता घोषित भएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबीच गोबिन्दबहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment