Comments Add Comment

मेयर रेनु दाहालसहितको टोली वेल्जियम भ्रमण गर्दै

बार्सिलोना । भरतपुर महानगरपालिका मेयर रेनु दाहालसहितको ४ सदस्यीय टोलीले बेल्जियमको भम्रण गर्ने भएको छ। दाहाल नेतृत्वको टोलीले डिसेम्बर ८ देखि १७ सम्म वेल्जियमका ४ नगरपालिका प्रतिनिधिहरुसँग छलफल तथा भेटबार्ता गर्ने भएको हो ।

मेयर दाहालसँगै उपमेयर पार्वती शाह ठकुरी, सिनियर डिभिजन इन्जियनर रत्नप्रसाद लामिछाने र महानगरपालिकाका सल्लाहकार इन्जियनर हरिप्रसाद भण्डारीसमेत भम्रण टोलीमा रहेका छन्।

ग्रोवेन्दोंक, कोन्तिक, अन्रोपन र डुफेल नगरपालिका तथा सांसद कोन मित्सु र युरोपियन युनियनका सांसद असिता कान्कोको संयुक्त निमन्त्रणामा नेपाली टोलीले भम्रण गर्न लागेको बेल्जियमको स्थानीय राजनीतिमा सक्रिय एक नेपाली कृष्णप्रसाद रेग्मीले जानकारी दिए।

वेल्जियमस्थित ग्रोव्रनदोक्क नगरपालिकाको वातावरण सल्लाहकारसमेत रहेका रेग्मीका अनुसार भरतपुर महानगरले विभिन्न नगरपालिकहरुसँग भगिनी सम्बन्ध जोड्न गृहकार्य थालेको छ।

भ्रमणबर्ष २०२० को पूर्वसन्ध्यामा स्थानीय निकायबाट भएको भ्रमणलाई कतिपयले सकारात्मक संकेतका रुपमा लिएका छन्। तर, यसअघि पनि बिभिन्न नगरपालिकाका मेयरहरुले विदेशस्थित नगरहरुसँग भगिनी सम्बन्ध कायम गर्ने तर सम्झौताहरुलाई कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना समेत हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment