Comments Add Comment

३५ बर्षअघि काठमाडौंको रेष्टुरेन्ट कल्चर : कति बदलियौं हामी ?

आजभन्दा ३५ वर्ष अघि पाटनको पहिलो रेष्टुरेन्टको रुपमा ‘क्याफे दि पाटन’ खोलेका गुणमुनी शाक्यलाई धेरै पर्यटकहरुले मन जितेर गए । हुन त नेपाली खानाले उनीहरुको पनि मन नजितेको होइन । यही नेपाली संस्कार र खानाका कारण नै पटक पटक एउटै पर्यटकहरु पनि नेपाल आउने गर्छन् । पर्यटकको रोजाई केवल प्राकृतिक सुन्दरता वा अन्य पर्यटकीय स्थल मात्रै होइन । यहाँको खाना, पहिरन र संस्कृति हेर्न पनि उनीहरु पटक पटक नेपाल आउने गरेका छन् भन्ने उदाहरण पनि हो यो ।

३५ वर्षे समयावधिमा धेरै पर्यटकहरुले उनलाई आफ्नो देश भ्रमणको निम्तो दिएर गए । ठेगाना टिपाए । तर, उनी कतैपनि गएनन् । कतिले कोतरिएको भित्तामा रंग लगाउनको लागि आर्थिक सहयोग गरेर गए । कतिले नयाँ डेकोरेसनको लागि समेत पैसा दिए । त्यतिबेलाका विदेशी पर्यटकहरु केवल खानाको हिसाबले मात्रै नभएर विविध पक्षमा अहिलेका पर्यटकभन्दा भिन्न रहेको शाक्य बताउँछन् ।

हुन त त्यो बेलामा अहिलेको जस्तो छ्याप्छ्याप्ती रेष्टुरेन्टहरु पनि थिएनन् । १५ वर्षसम्म त पाटनमा उनी एक्लैले एकछत्र रेष्टुरेन्टको रुपमा व्यापार गरे । आउने पर्यटकहरुको लागि राम्रो खाना खानको लागि या त काठमाडौंको ठमेल पुग्नुपथ्र्याे या त त्यहीँ जानुको विकल्प थिएन । यसले पनि त्यो रेष्टुरेन्ट धेरैको लागि आकर्षणको केन्द्र थियो ।

शाक्यको विचारमा अहिले बजेट टुरिष्टहरुको कारण पनि त्यो संस्कार घट्दै गएको छ । निश्चित पैसा बोकेर आउने उनीहरुले यहाँ धेरै अतिरिक्त खर्च गर्न सक्दैनन् । पहिलेको भन्दा युरोपियनहरुको खर्च गर्नसक्ने क्षमता भिन्न भएको छ । त्यसैले अहिलेका पर्यटकहरु पहिलेका जस्तो नभएको शाक्य बताउँछन् ।

जर्मनीका ५६ वर्षिय पिटरले १९९८ मा चौथो पटक नेपाल आउँदा शाक्यलाई आफ्नो मन भित्रको कुरा सुनाएका थिए । पाटन दरबार क्षेत्र पछि रहेको पाटन दि क्याफेको माथिल्लो तल्लामा बसेर उनले आफ्नै मौलिक शैलीमा भनेका थिए ‘द्याट इज बेष्ट चिकेन चिल्ली इज द वल्र्ड’ । त्यसैलाई स्मरण गर्दै उनी भन्छन् ‘खानाकै लागि पनि पर्यटकहरु नेपाल आउँछन् भन्ने मलाई पहिलोपल्ट अनुभूति भएको थियो ।

यो पनि पढ्नुहोस एउटा सेफको कथा, जो देशभर रैथाने खाना खोज्न हिँडे

जर्मनीमा चिकेन चिल्ली नपाउने पनि होइन । विश्वका दुई दर्जन बढी मुलुक घुमिसकेका पिटरले शाक्यलाई खुशी बनाउनको लागि मात्रै त्यस्तो भनेका पनि थिएनन् । अहिलेसम्म १२ पटकसम्म नेपाल आइसकेका उनले पछिल्लो पटक २०१८ मा नेपाल आएर फर्किने बेलामा एकैपटक दुई प्लेट चिकेन चिल्ली खाएर गए । उनी त्यही चिकेन चिल्लीबाट पल्किएर नै नेपाल आएको शाक्यलाई सुनाउन भ्याएका थिए ।

अहिले शाक्यको रेष्टुरेन्टमा दर्जनबढी त्यस्ता ग्राहकहरु छन् जुन तीन दशकभन्दा अघिदेखि नेपाल आउँदा उनकै रेष्टुरेन्टमा बस्ने गर्छन् ।

अष्ट्रेलियाका अर्का पर्यटक पनि झण्डै ८ वर्ष पछि २०१७ सालमा उनको रेष्टुरेन्टमा आएका थिए । त्यतिबेला आफ्नै सुरमा शाक्य पनि बसिरहेका थिए । रिसेप्सनमा कुनै पनि कुरै नगरी उनी सिधै शाक्यसँग भेट्न पुगे । आएर ती पर्यटकले ‘ओह ! यु आर स्टिल हृयर ?’ भन्दै उनलाई झसंग बनाए । सुरुमा त गुणमुनीले उनलाई सम्झन सकेनन् । तर, पछि चिने-चिनेको जस्तो व्यवहार गरे । पछि ती पर्यटक आफैंले आफ्नो परिचय दिएपछि बल्ल शाक्यले राम्रोसँग उनलाई चिने ।

शाक्यले हजारौं त्यस्ता विदेशी पर्यटकहरुसँगको सानिध्यता पाए । ती पर्यटकहरु धेरै खर्चालु स्वभावका थिए । उनीहरु मिलनसार र पारिवारिक वातावरण खोज्ने स्वभावका थिए । उनीहरु घुम्न आउँदा आफूलाई चाहिने निश्चित खर्च बाहेक पनि केही खर्चहरु बोकेर आएका हुन्थे । स्थानीय खाना मात्रै धेरै खान रुचाउने । त्यही स्थानीय खाना सम्झिएर नै पटक पटक उनीहरु अहिलेपनि आउने गरेको शाक्य सम्झन्छन् । उनलाई केही पनि थाहा हुँदैन । उनले त अहिलेसम्म त्यस्ता कैयौं पर्यटकहरुलाई सेवा दिइसकेका छन् । त्यसैले त्यो उनको लागि सामान्य भइसकेको छ । तर, उनलाई र नेपाली खानालाई सम्झिनेहरु भने त्यतिबेला प्रशस्त थिए ।

तर, जब पाटन क्षेत्रमा नै च्याउ सरी रेष्टुरेन्टहरु खुल्न थाले । पर्यटकहरुमा पनि यस्तो संस्कार हराउन थाल्यो । सबै नभएपनि कतिपय रेष्टुरेन्टहरु मौलिक खानाको रुपमा गुणस्तरहीन सामग्रीहरु बेच्ने र पर्यटकलाई भड्काउने काम गर्ने गरेकोले पनि पर्यटकहरुले समेत पहिलेको जस्तो व्यवहार नगर्ने गरेको उनी बताउँछन् ।

३५ वर्ष अघि पर्यटकहरुको व्यवहार

सन् १९८३ मा उनले पहिलोपटक रेष्टुरेन्ट खोल्दा पहिलो दिन नै कूल एक सय ९२ रुपैयाँको व्यापार भएको थियो । त्यसको लागि खर्च भएको थियो एक सय १० रुपैयाँ । कूल २५ हजार रुपैयाँ खर्च गरेर त्यतिबेलाको हाइफाई युक्त रेष्टुरेन्ट खोलेका थिए, उनले । त्यो ६० पैसामा चिया पाउने समय थियो । त्यतिबेला ८० रुपैयाँ नेट फाइदा बचेपछि हत्त न पत्त गुणमुनीले आमालाई त्यो खबर सुनाएका थिए ।

दिनभरी ग्राहक कुरेर बस्दा पनि व्यापार नहुने हृयाण्डिक्राफ्टको पसलमा बसिरहेका उनी यताको त्यस्तो राम्रो व्यवहार देखेपछि एक्कासी उत्साहित भए । सुरुमा उनले हृयाण्डिक्राफ्ट पसल पनि बन्द गरिसकेका थिएनन् ।

यो पनि पढ्नुहोस एक कप चिया : भलाकुसारीदेखि भाइचारासम्म

उनले सुरु गर्ने बेलामा विशेषगरी खाजामा नेवारी खाजा सेटहरु, मम, चाउमिन, थुक्पा आदि बन्ने गथ्र्याे । यही नै पर्यटकहरुको विशेष रोजाई थियो । खानामा नेपाली खाना सेट (दालभात र तरकारी) हुन्थ्यो । उनीहरुले धेरै खोज्ने भनेको राम्रो व्यवहार र हाइजनिक खाना थियो । शाक्यले त्यसैमा धेरै चासो दिए । नेपाली खानाको स्वादमा उनले कुनै बुट्टा हाल्नु परेन । त्यसपछि त रेष्टुरेन्ट चलिहाल्यो । त्यतिबेलाका पर्यटकहरु अलिकति पैसा धेरै तिर्नुपरे पनि रेष्टुरेन्टमा पारिवारिक माया खोज्थे । तर, आजका पर्यटकहरु सस्तो खाने ठाउँ खोज्ने भएका छन् । त्यतिबेला नेपाली खानालाई अधिकांश पर्यटकहरुले मन पराएको उनी सुनाउँछन् । कर्मचारीहरु पनि कम थियो र मेनुमा पनि धेरै खानेकुराहरु थिएन ।

पर्यटकहरु आउँथे । थकाई मारेर कोही यतै बस्दथे । अहिलेको जस्तो मोबाइलमा घोप्टिने शैली थिएन । चिया पिउने घर परिवारको बारेमा छलफल गर्ने जस्ता व्यवहारहरु गर्दथे । शालीन शैलीका र धेरै खर्चालु पर्यटकहरु नै उनले धेरै देखे । यसरी त्यतिबेलाका पर्यटकहरु हरेक कोणबाट राम्रा थिए ।

रेष्टुरेन्ट संस्कृतिमा पनि यो ३५ वर्षमा धेरै परिवर्तन आएको छ । डेकोरेन पहिले आधुनिक शैलीमा बनाउने गरिन्थ्यो भने अहिले प्राचीन शैलीमा घरहरुको डेकोरेसन हुन थाल्यो । पहिलेदेखि नै सरसफाईको विषय उस्तै छ । मेनुहरु बदलिएका छन् । पर्यटकसँग गर्ने सम्पूर्ण व्यवहारमा बदलाव आएको छ ।

उनका अनुसार यो ३५ वर्षमा पर्यटक संस्कृति र होटलहरुको संस्कृतिमा आकाश जमिनको भिन्नता आएको छ । पहिले सत्कारको लागि सत्कार गर्ने गरिएको थिएन । एक किसिको भावना समेत थियो । खानाहरु सबै अग्र्यानिक हुने गर्थे । आफ्नै गाउँघरका सब्जीहरुले पर्यटकको स्वागत गर्ने गरिएको थियो । तर, अहिलेका रेष्टुरेन्टहरु छलकपट र झुटहरु समेत बेचेर पैसामुखी र अतिव्यवसायिक हुने बाहानामा पर्यटकहरुमाथि न्यानो आतिथ्यता दिन भने भुलेको प्रति भने उनी चिन्तित छन् ।

गुणमुनी शाक्य

पर्यटकलाई चिया/नास्ता गराउने १९८३ को त्यो योजना

१९८३ को जुन महिना तिरको समय थियो । पाटन दरबार क्षेत्रमा नै हृयाण्डिक्राफ्टको  पसल चलाइरहेका उनी आफ्ना साथीहरुसँग चिया गफमा नै व्यस्त थिए । सोही समयमा एक जना पर्यटकहरु आएर यता कतै चिया पिउने पसल छ ? भनेर सोधे ।

त्यो प्रश्नमा केवल उनी मात्रै होइन । सबै जना नाजवाफ भए । एकछिन त उनीहरु लज्जित भए । सरकारले यस्तो पर्यटकीय क्षेत्रमा खाजा खाने र शौचालयको समेत व्यवस्था गरेको छैन ।

सोही दिन भर्खरको १८ वर्षे उमेरमा उनी सहित ४/५ जनाको टोली रेष्टुरेन्ट चलाउनको लागि ठाउँ खोज्न निस्किए । दिउँँसो ३/४ घण्टासम्म भाडामा ठाउँ खोज्दै जाँदा उनीहरुले कतैपनि ठाउँ पाएनन् । कसैले होटलको लागि ठाउँ नदिने बताए । कसैले नभएकोले ठाउँ दिएनन् । साँझ रित्तोहात फर्किएपछि अरु साथीहरुले हरेस खाए । तर, शाक्यलाई भने नयाँ योजना फुर्‍यो ।

उनको घर पनि पाटन दरबार क्षेत्रबाट धेरै टाढा थिएन । उनले आफ्नै घरमा रेष्टुरेन्ट खोल्नको लागि घरपरिवारसँग सल्लाह गरे । आमाले त्यही योजनालाई थप सल्लाह सहित स्वीकृति दिइन् । घरका अरु सदस्यहरुले पनि स्वीकृति दिएपछि उनको योजनाले सार्थकता पायो । त्यही नै पाटनको पहिलो पर्यटकको लागि खुलेको रेष्टुरेन्ट बन्यो ।

यो पनि पढ्नुहोस थकाली खाना : ब्रान्ड बेच्ने कि स्वाद ?

त्यतिबेला पर्यटकको लागि भनेपछि निकै स्याहार सुसार गरेर रेष्टुरेन्ट चलाइन्थ्यो । नयाँ खानेकुरा के दिने हो केही थाहा थिएन । गुणमणि भन्छन् ‘उनीहरुलाई हाइजनिक खाना र न्यानो आतिथ्यता एकदमै मन पर्छ भन्ने सुनेको थिएँ । त्यही सूत्र प्रयोग गरेर सुरु गरेको हुँ । त्यतिबेलाका सेफ र कर्मचारीहरु अहिलेसम्म पनि यहाँ नै काम गरिरहेका छन् ।’

त्यतिबेला रेष्टुरेन्टमा ढोका लगाउने चलन थिएन । तर, हाइजनिक खाना चाहिने पर्यटकहरुको लागि ढोका लगाउनु अनिवार्य थियो । ढोका लगाउने रेष्टुरेन्ट भन्दै वरपरका मानिसहरु यहाँ छिर्न पनि लजाउँथे र कतिपय डराउँथे पनि । ‘एउटा मात्रै रेष्टुरेन्ट भएपछि ललितपुर भरी जहाँ भएपनि मानिसहरु खान त्यहीँ आउने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment