Comments Add Comment

माल्दिभ्सका राष्ट्रपति सोलिह : संगीतका पारखी, स्पेनिस स्वादमा रमाउने

मान्छे चाहे राजनीति गरोस् या त अरु पेशा वा व्यवसाय । उनीहरुमा व्यक्तिगत गुणहरु अधिकांशको उस्तै हुन्छ । मनले राम्रो भनेको कुर गर्नु, खानामा मीठो खोज्नु र देख्नमा राम्रो देखिन खोज्नु मानवीय गुण हो । यस्तै मानवीय गुण इब्राहिम मोहम्मद सोलिहमा पनि छ ।

इब्राहिम मोहम्मद सोलही दक्षिण एशियाकै सबैभन्दा सानो मुलुक माल्दिभ्सका राष्ट्रपति हुन् । सन् २०१८ मा कूल मतको ५८ प्रतिशत मत ल्याएर माल्दिभ्सका सातौं राष्ट्रपति बनेका थिए । माल्दिभ्समा प्रजातन्त्र स्थापनाको लागि जीवनभरी संघर्ष गरेका उनी सन् १९६४ मा माल्दिभ्सको हिन्नाभारु उपमहादि्वपमा जन्मिएका हुन् ।

सादा जीवनशैली बिताउन चाहने सोलही विद्यार्थी जीवनकालदेखि नै तीक्ष्ण दिमाग र शारीरिक रुपमा समेत सक्रिय थिए । विद्यालयका हरेक अतिरिक्त प्रतियोगिताहरुमा सहभागी हुने गरेका कारण उनी विद्यालयमा हुँदादेखि नै धेरै चर्चित थिए । माल्दिभ्सकै स्थानीय संगीतका पारखी रहेका राष्ट्रपति सोलही विद्यार्थी जीवनकालमा पनि संगीतका हरेक प्रतियोगितामा नछुटाई भाग लिने गरेका थिए । उनी राष्ट्रपति भएपछि पनि समय मिलेसम्म सांगीतिक सामग्रीहरुसँग हराउने गर्छन् ।

यो पनि पढ्नुहोस बंगलादेशकी प्रधानमन्त्री : भान्साको काममा जाँगर चलाउने, प्याज नखाने

खानपिनमा सोलही

सोलही स्पेनिस खानाका पारखी हुन् । तर, नियमित रुपमा भने उनी ती खानाहरु खाँदैनन् । माल्दिभ्सको स्थानीय खाना नियमित खाने र समय समयमा परिवारको साथमा अन्यत्रै गएर स्पेनिस खाना खाने गर्छन् । परम्परागत माल्दिभियन खाना, जसलाई दिवेही व्यंजन पनि भनिन्छ । यो स्वादले अद्भुत विविधता प्रदान गर्छ । क्रन्ची स्न्याक्स र स्ट्रिट फुड, चपाटी रोटी सँगसँगै स्वादिष्ट मसालेदार तरकारीहरु नै विशेषगरी माल्दिभ्सको स्थानीय खाना हो ।

माल्दिभ्स परम्परागत खानाको स्वादको हिसाबले धनी मुलुक हो । यसका खानामा पनि छिमेकी देशहरू भारत र श्रीलंकाको धेरै प्रभाव पाइन्छ । विगतमा माल्दिभियनहरू माछा, नरिवल, बाजरा र कन्दमूल जस्ता आवश्यक तत्वहरूमा निर्भर थिए । अहिले परम्परागत माल्दिभियनहरु भोजनमा नरिवल, माछा, अन्न र तरकारीहरू सहितको खाना खाने गर्छन् । राष्ट्रपति सोलहीले पनि प्रायः यस्तै खाना धेरै खाने गर्छन् ।

यो पनि पढ्नुहोस भुटानी प्रधानमन्त्रीको अनौंठो आनीबानी : बिरामी जाँच्न अस्पताल धाउने

सोलहीको रुचि

उनी घुमघामका सौखिन नेता हुन् । राजनीतिक दल र त्यसमा पनि प्रजातन्त्रको लागि लडेको प्रमुख दलको नेता भएकोले पनि उनी घरपरिवारलाई समय दिन त्यति भ्याउँदैनन् । उनी धेरै समय काममा नै व्यस्त हुन्छन् । उनको घुमघाममा ठूलो सौख छ । उनलाई सबभन्दा मन पर्ने ठाउँ भनेको पेरिस हो । उनी प्रसिद्ध अमेरिकी अभिनेता, लेखक, निर्देशक तथा निर्माता टम क्रुज र हलिउड अभिनेत्री, निर्मात्री र फेसन मोडल शार्लिज थेरोन प्रसंशक हुन् ।

सोलहीको पारिवारिक जीवन

सोलहीको हिन्नवरु टापुमा जन्म भएको थियो । तर, त्यतिबेला त्यो टापुका सबैजसो युवायुवतीहरु शिक्षाको लागि माल्दिभ्सको राजधानी माले आउने गरेका थिए । उनी पनि त्यही क्रममा सानै उमेरदेखि माले आएका थिए । उनी परिवारका १३ सन्तानमध्येका एक हुन् । उनले फाजना अहमदसँग विवाह गरेका छन भने उनीहरूको एक छोरी साराह र एक छोरा यमन छन् ।

सोलही पूर्व राष्ट्रपति मोहम्मद नशीदका घनिष्ठ मित्रहरू हुन् । जो सोलिहकी पत्नी फाजनाको आफ्नै जेठा भाइ समेत हुन् । उनीहरुको मित्रता यति घनिष्ट हुन पुग्यो कि नाशिदले आफ्नी दिदी नै सोलहीलाई उपहार दिएका थिए । सोलही र राष्ट्रपति नाशिदले माल्दिभ्समा बहुदलीय लोकतन्त्र स्थापना र विकास गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

यो पनि पढ्नुहोस मलेसियाका प्रधानमन्त्रीको जीवनशैली : कति मितव्ययी, कति नम्र

सोलिहको राजनीतिक जीवन

सोलिह २०११ देखि माल्दिभियन डेमोक्रेटिक पार्टीको संसदीय समूह नेता रहेका छन् । मार्च २०१७ मा विपक्षी गठबन्धन स्थापना भएदेखि उनले संयुक्त संसदीय समूहका नेताको रूपमा पनि काम गरेका छन । २०१८ को चुनावमा सत्तारुढ राष्ट्रपति अब्दुल्ला यामीनलाई हटाउन खोज्ने विपक्षी दलहरूको गठबन्धनका लागि सोलिहलाई नयाँ राष्ट्रपति पदको उम्मेदवारको रूपमा चयन गरिएको थियो । जब पूर्व राष्ट्रपति मोहम्मद नशीदले चुनाव लड्ने बारेमा आफ्नो विचार बदले । त्यसपछि सोलिहको बाटो खुलेको थियो । यसैबाट उनी माल्दिभ्सको सातौं राष्ट्रपतिको रुपमा परिचित भए ।

यो पनि पढ्नुहोस भ्लादिमिर पुटिनको जीवनशैली : सधै स्वस्थ र तन्दुरुस्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment