Comments Add Comment

भ्रमण वर्षको पूर्वसन्ध्यामा देश चिनाउने देउडा गीत सार्वजनिक

काठमाडौँ । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा कर्णाली तथा सुदूरपश्चिमका पर्यटकीय क्षेत्र र कला सँस्कृति चिनाउने देउडा गीत सार्वजनिक भएको छ ।

स्वर्णिम शाहीले आफ्नै शब्द र संगीतमा ‘चलन चलिया’ बोलको देउडा गीत आइतबार सार्वजनिक गरेका हुन् । सो गीत गाउन स्वर्णिमलाई माण्डबी त्रिपाठीले साथ दिएकी छन् ।

कर्णाली र सुदूरपश्चिमका जिल्लाका विशेषता तथा त्यहाँका धार्मिक एवम् पर्यटकीय क्षेत्रको वर्णन देउडा भाकामा गरिएको छ । पश्चिम नेपालको कला, संस्कृति र पर्यटनको एकसाथ पहिचान दिने उद्देश्यले ‘चलन चलिया’गीत ल्याएको शाहीले बताए ।

कुशल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको यो गीत विशेष फिल्मस् युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा शाहीसँगै मोडल रोजी कुँवरले साथ दिएकी छन् ।

शाही जनयुद्धको समयमा बाल कलाकार थिए । कालिकोटको पचाल झरना गाउँपालिका-९ निवासी शाही २०५७ सालमा १४ वर्षको कलिलो उमेरमै जनयुद्धमा पूर्णकालीन भएका थिए ।

शाहीका एक दर्जन गीतहरु रेकर्ड भइसकेका छन् । उनको गीत चर्चित गायीका अन्जु पन्तलगायतले गाएका छन् ।

हेर्नुस् स्वर्णिम शाहीको पछिल्लो देउडा गीत ‘चलन चलिया’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment