Comments Add Comment

नेपाली सेनाले भन्यो : फास्ट ट्रयाक निर्माण २०८१ वैशाखमा सकिन्छ

२३ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई दु्रतमार्गको निर्माण २०८१ सालमा सकिने बताएको छ ।

सोमबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म फाट ट्रयाक निर्माण सकिने जानकारी गराएका हुन् ।

फास्ट ट्र्याक निर्माणमा ढिला भइरहेको भन्दै आलोचना भएका बेला नेपाली सेनाले अबको करिब साढे ४ वर्षपछि निर्माण सकिने जानकारी दिएको हो ।

कुल ७२.५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९ किलोमिटर पुल रहनेछ । ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्ट ट्र्याक पहाडी क्षेत्रमा २५ मिटर र समथर भूभागमा २७ मिटर फराकिलो हुनेछ ।

फास्ट ट्रयाकको तीन ठाउँमा सुरुङ मार्ग हुनेछ । महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुनेछ । फास्ट ट्र्याकमा ८७ वटा पुल रहनेमा १६ वटा विशेष प्रकृति र ७१ वटा अन्य पुल रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment