Comments Add Comment

फिल्म नचलेरै ‘अनलक्की’ नम्रता

नायिका नम्रता श्रेष्ठले आफ्नो नाम अर्की नायिका नम्रता श्रेष्ठसँग मिल्दा आफूलाई समस्या भएको तर्क गरिन् । ‘गाँठो’ डेब्यू नायिकालाई नाम एउटै हुँदा दर्शक दोधारमा पर्ने गरेको थाहा छ ।

उनले, यसो भन्दै गर्दा आफूलाई ‘अनलक्की’ पनि भन्न भ्याइन् । तर, नाम मिलेर मात्र नभएर चलचित्र नचलेरै नम्रता ‘अनलक्की’ देखिएकी छिन् । उनले चलचित्रमा निरन्तर काम पनि गरिरहेकी छिन् । तर, काम गरेका चलचित्रले हलमा दर्शक तान्न नसक्दा उनलाई समस्या परेको छ ।

उनी अभिनित चलचित्र ‘माछा माछा’ हलमा लागेपनि यसले दर्शकलाई खासै प्रभाव पार्न सकेन । चलचित्रमा नम्रताको त्यस्तो संझनलायक भूमिका पनि छैन ।

‘गाँठो, जानी नजानी, माछा माछा’ जस्ता चलचित्र बक्स अफिसमा असफल हुँदा नम्रता चलचित्र नचलेरै ‘अनलक्की’ देखिएकी छिन् । उनी, अहिले चलचित्र ‘लप्पन छप्पन २’मा काम गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment