Comments Add Comment

दक्षिण अफ्रिकाकी जोजिबिनीलाई ‘मिस यूनिभर्स’को ताज

यो बर्षको ‘मिस यूनिभर्स’को ताज दक्षिण अफ्रिकाकी जोजिबिनी टुन्जीले पहिरिएकी छिन् । आइतबार राती आयोजना भएको ‘मिस यूनिभर्स’मा विश्वभरबाट सहभागी भएका अन्य देशका सुन्दरीलाई पछि पार्दै जोजिबिनीले टाइटल जितिन् ।

स्विमसुट, गाउन राउन्ड र प्रश्नोत्तर राउन्डपछि उनले यो ताज जितिन् । प्रश्नोत्तर राउण्डमा उनले भनिन्–‘म यस्तो दुनियाँमा हुर्किएकी हुँ, जहाँ एकजना महिला म जस्तो देखिन्छिन् । जसको छालालाई कहिले पनि सुन्दर मानिदैन ।’

उनले अगाडि भनिन्–‘मलाई लाग्छ, अब यो आजबाट बन्द भएको छ । साना बच्चाहरुले मलाई हेरुन्, मलाई देखुन् र आफ्नो अनुहारमा मेरो प्रतिबिम्ब महशुश गरुन् ।’

यस्तै, ‘मिस यूनिभर्स’मा मेक्सिकोकी सुन्दरी र प्यूर्टो रिकोकी सुन्दरीले क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअपको ताज जितेका छन् ।

नयाँ ‘मिस यूनिभर्स’लाई ताजि पहिर्याउँदै गतबर्षकी मिस यूनिभर्सले भनिन्–‘एक बर्षको यो अवधी मेरा लागि विर्सन नसक्ने खालको बनेको छ । मेरो जीवन नै यसले परिवर्तन गरिदिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment