+
+
Shares

हुम्लामा फेरि टिपर दुुर्घटना, २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते १३:४८

२६ मंसिर, हुम्ला ।  हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका २५ वर्षीया सोनाम मिगुर लामा र नाम्खा–४ बस्ने साबेल लामा रहेका छन् । मृत्यु भएका दुवै जनाको सनाखत भएर आफन्तले शव बुझेका छन् ।

घाइते हुनेमा टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका २५ वर्षीय कुलमान तामाङ र हुम्लाको नाम्खा गाउँपालिका–१ का ३२ वर्षीया सोनाछेजुन लामा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए । घाइते चालकसहित लामाको अहिले स्थानीय मुचु स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए ।

हिल्सा नाकाबाट याल्वाङ्ग आउँदै गरेको बा५खा ५३४४ नम्बरको टिपर बिहीबार भिरबाट ७ सय मिटरभन्दा तल खसेको उनले बताए ।

हुम्लामा यसअघि पनि टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएकत्र थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?