Comments Add Comment

बाबरको अर्धशतकसँगै चितवनको सुखद सुरुवात

१ पुस, काठमाडौं । चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल)मा सुखद सुरुवात गरेको छ ।

मंगलबार भएको आफ्नो पहिलो खेलमा चितवनले बाबर हायातको अर्धशतकसँगै पोखरा पल्टनलाई ६ विकेटले हराएको हो । पोखराले दिएको १०८ रनको लक्ष्य चितवनले मात्र १४.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

उसका लागि बाबरले अविजित ६६ रन बनाए भने सन्नी पट्टेलले २२ रन जोडे । यस्तै रोहन मुस्तफले ११ रन बनाउ । कप्तान पारस खड्का भने ४ रनमा आउट भए ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो । उसका लागि कप्तान शरद भेषावकरले ४५ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २–२ विकेट लिए । करण केसी, विक्रम शोब र पारसको नाममा १–१ विकेट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment