
८ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने गैरव्यवसायिक कर्जामा थप कडाई गरेको छ । राष्ट्र बैंकले विभिन्न जोखिम हुनसक्ने प्रकृतिका कर्जामा बैंकहरुलाई ऋण्नीको आम्दानीको आधा मात्रै किस्ता कायम हुनेगरी ऋण दिन निर्देशन दिएको छ ।
अब व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा हायर पर्चेजलगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यवसायिक कर्जा प्रवाह गर्दा ऋण भक्तानी-आम्दानीको अनुपात ५० प्रतिशत कायम गर्नुपर्ने भएको छ ।
यसअनुसार अब महिनामा १ लाख आम्दानी गर्नेले गैर व्यवसायिक कर्जा लिनुपरे महिनामा ५० हजारभन्दा बढीको किस्तावन्दी हुने गरी कर्जा लिन पाउनेछन् ।
योसँगै अब कम आम्दानी भएकालाई घर जग्गा र सवारी खरिद गर्न थप कठिन हुने भएको छ । राष्ट्र बैंकले मौदि्रक नीतिमै यस किसिमको व्यवस्था गर्ने घोषणा गरेको थियो ।
त्यसैअनुसार निर्देशन जारी भएको र अब कर्जाको जोखिम व्यवस्थापन गर्न अझ सहज हुने राष्ट्र बैंकको अपेक्षा छ ।
प्रतिक्रिया 4