
बलिउडमा अहिले कथा बिकिरहेको छ । यो दशक कथा राम्रो भएका चलचित्रले बाजी मारे । बलिउडमा स्टारडम भन्दा पनि कथाले बाजी मारेपछि नाम चलेका कलाकार पनि राम्रो कथाको खोजिमा लागिरहेका छन् ।
दर्शकले कथा हेर्न थालेपछि नायिकाहरुलाई पनि अगाडि आउन सजिलो भएको छ । नायिका तापसी पन्नु यस्तै एक नायिका हुन्, जो महिला केन्द्रित चलचित्रमा काम गर्न रुचाउँछिन् ।
उनले काम गरेका ‘पिंक, नाम सबना, साँड कि आँख, बद्ला’ महिला केन्द्रित चलचित्र हुन् । उनै तापसीले एक अन्र्तवार्तामा आफूलाई बलिउडका केही मानिसहरुले महिला केन्द्रित चलचित्र नगर्न सुझाव दिएको बताएकी छिन् ।
तापसीले भनिन्–‘हो, मलाई बलिउडका केही मानिसहरुले महिला केन्द्रित चलचित्र नगर्न सुझाव दिएका थिए । नायकको मुख्य भूमिका रहेको चलचित्र काम गर्न मलाई धेरैले सुझाए ।’
तापसीले आफूले ‘जुड्वा २’ जस्ता चलचित्रमा पनि काम गरेको भन्दै अगाडि भनिन्–‘मैले यस्ता कमर्सियल चलचित्रमा पनि काम गरेकी छु । म, हरेक खालका भूमिका निर्वाहा गर्न सक्छु भनेर देखाउन चाहन्छु ।’
तापसीले आफूले भूमिका राम्रो भएको खण्डमा कमर्सियल चलचित्रमा पनि काम गर्ने सुनाइन् ।
प्रतिक्रिया 4