+
+
Shares

राष्ट्रिय पोशाक दिवस मनाइयो (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ पुष १७ गते १५:३३

१७ पुस, काठमाडौं । ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित बिहीबार एक समूहले ‘राष्ट्रिय पोशाक दिवस’ मनाइएको छ ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले काठमाडौंको माइतीघरमा सद्भाव र्‍याली निकाली दिवस मनाएको छ । महाअभियानका संयोजक राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनुपरेको बताए ।

उनले नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको बताए । राष्ट्रिय पोशाक संरक्षण महाअभियानले नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने भन्दै २०७० साल यता पुस १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाउने गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?