Comments Add Comment

नेकपा प्रदेश ३ संसदीय दलको बैठक : प्रदेश राजधानी र नामाकरणमा सहमति जुटाउने प्रयास

१८ पुस, हेटौंडा । प्रदेशको राजधानी र नामाकरणका बारेमा पार्टीले गरेको निर्णयमा साझा धारणा बनाउन नेकपा प्रदेश ३ को संसदीय दलको बैठक शुक्रबार बसेको छ ।

नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गरेपछि सत्तारुढ दलभित्र कै प्रदेशसभा सदस्यहरुबीच मतभेद उत्पन्न भएको छ । प्रदेश सभामा नेकपाको बहुमत रहेपनि सत्तारुढ दलभित्रै मतभेद रहँदा लामो समयदेखि प्रदेशको राजधानी र नामको टुङ्गो लगाउन सकेको थिएन ।

पार्टीको निर्णयलाई कार्यान्वयन गर्न संसदीय दलभित्रका सांसदहरुबीच साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित भएको नेकपा ३ नम्बर प्रदेशसभाका मुख्य सचेतक रामेश्वर फुयाँलले बताए ।

पुस २१ गते हुने प्रदेशसभाको बैठक अघि प्रदेश राजधानी र नामाकरणमा साझा धारणा निर्माण गर्न नेकपा संसदीय दल अग्रसर भएको हो ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले असन्तुष्टीहरुलाई पन्छाएर नेतृत्वको निर्णय कार्यान्वयन गर्नु सबैको दायित्व रहेको बताएका थिए ।  मुख्यमन्त्री पौडेलले पार्टी नेतृत्वले सुझबुझका साथ गरेको निर्णयलाई प्रदेशका सदस्यहरुले एकमतका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।

संसदीय दलमै सबै विषयमा छलफल गरेर साझा धारणा बनाएर जाँदा प्रदेशसभामा अलमल नहुने उनको भनाइ थियो ।

बैठकमा २४ जना सांसदले आफ्ना बिचार राख्न नाम टिपाएका छन् । बैठक भोली शनिबार पुनः बस्ने गरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment