Comments Add Comment

बैतडीको डिलाशैनी ४ का वडाध्यक्षको निधन   

६ माघ, बैतडी । डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ । बोहराको सोमबार निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

मुटु र फोक्सो सम्बन्धी बिरामी रहेका बोहराको सोमबार मठैराजस्थित घरमै निधन भएको हो । वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment