Comments Add Comment

यौन-इच्छा नभएकी युवती कस्तो परिवार चाहन्छिन् ?

हँसिलो मुहार अनि ख्याल ठट्टा गर्ने बानी भएकी सन्ध्या सधैं स्टाइलिस पहिरनमा देखिन्छिन् । जब-जब उनले आफ्नो उमेर ४० वर्ष भएको बताउँछिन्, पहिलो पटकमा कसैले पनि विश्वास गर्दैनन् ।

तपाईं त ३० वर्ष जस्तो लाग्छ, ४० वर्ष त कतैबाट पनि देखिनु हुन्न । यसको रहस्य के हो ?

यसको रहस्य हो- नो ब्वाइफ्रेन्ड, नो हस्बेन्ड, नो फेमिली र नो टेन्शन, सन्ध्या हास्दै सबैलाई यस्तै जबाफ दिन्छिन् ।

सन्ध्या एउटा स्थापित कम्पनिमा बजार व्यवस्थापनको रुपमा कार्यरत छिन् । उनी महानगरमा भाडाको घरमा एक्लै बस्छिन् ।

एक्लै यसकारण, किनभने उनी एसेक्सुअल अर्थात अलैंगिक हुन् । उनलाई विवाह गर्न मन लाग्दैन र परिवारप्रति उनको धारण भिन्दै रहेको छ ।

एसेक्सुअल ती व्यक्तिहरुलाई भनिन्छ, जसले सामान्यतया कुनै व्यक्ति -पुरुष अथवा महिला) का लागि यौन आकर्षण नै महसुस गर्दैनन् । यो एक प्रकारको यौन अभिमुखीकरण (सेक्शुअल ओरिएन्टेशन) हो ।

अलैंगिक युवती कस्तो परिवार चाहन्छिन्  ?

आफ्नो पहिचान परिवारको पारम्परिक ढाँमा हराओस् भन्ने सन्ध्या चाहान्नन् । एउटा रमाइलो परिवार हुनका लागि श्रीमान्-श्रीमाती र बालबच्चा हुनु आवश्यक छ भन्ने उनी मान्दिनन् । उनी भन्छिन्-‘परिवारका लागि हरेक व्यक्तिको आफ्नो भिन्दै परिभाषा हुन सक्छ ।’

‘२३-२४ वर्षको उमेरमा मलाई अनुभव हुन थाल्यो, मसंग केही त फरक भएको छ’, उनी सम्झन्छिन् । ‘मेरो उमेरका युवतीहरु ब्वाइफ्रेन्ड बनाउँथे, केटाहरुलाई डेट गर्थे र रिलेशनसिपमा जान्थे, तर मसंग त्यस्तो केही भएन’, सन्ध्याले भनिकी छिन् ।

सन्ध्यालाई केटा नै मन नपर्ने भन्ने पनि थिएन । त्यहि समयमा सन्ध्यालाई पनि एउटा पुरुष एकदम मन परेको थियो । उनलाई ती पुरुषको साथ एकदम रमाइलो लाग्थ्यो । संगै बस्दा-बस्दै ती पुरुषको अपेक्षाहरु बढ्न थाल्यो र त्यस्तो हुनु सामान्य पनि थियो । तर जब कुरा यौन नजिक पुग्यो उनी एकदम असहज भइन् । उनलाई आफ्नो शरीरले त्यस्ता कुराहरुलाई स्वीकार गर्दैन भन्ने महसुस भयो । ‘मलाई यौनको आवश्यकता नै नभए जस्तो लाग्यो, उनको भनाइ छ ।

सन्ध्याको मनमा यौनप्रति कुनै डर थिएन । उनलाई यौन बिना आफ्नो जिन्दगीमा कुनै कमी भएको महसुस पनि हँुदैन थियो ।

सेक्सुवालिटीलाई कसरी चिन्ने ?

सन्ध्याका अनुसार सम्बन्धमा रोमाञ्चक झुकाव त थियो तर कसैप्रति पनि यौनका लागि थोरै पनि महसुस भएन । जुन पुरुषसंग उनको प्रेम थियो, त्यो युवकको हात समातेर हिंड्न सन्ध्यालाई एकदम रमाइलो लाग्थ्यो । उनलाई अंगालोमा बेर्न, उसंग समय बिताउन एकदम रमाइलो लाग्थ्यो । तर यौन सम्पर्क राख्दा उनलाई गाह्रो हुन थाल्यो । उनको शरीरमा कुनै पनि प्रतिक्रिया हुँदैन थियो ।

सन्ध्यालाई यो कुराको धेरै पटक अनुभव भयो । हरेक पटक सम्बन्धलाई शारीरिक निकटतामा पुग्नासाथ उनी पछि हट्न थालिन् । जब उनले आफ्ना साथीहरुसंग यसबारेमा कुरा गरिन् । साथीहरुले उनलाई डाक्टरकहाँ जाने सल्लाह दिए ।

सन्ध्याले तुरुन्त डाक्टरकहाँ गैहाल्नु भन्दा स्वयं त्यस बारेमा पढ्न र बुझ्न प्रँरम्भ गरिन् । त्यसका लागि उनले इन्टनेट र सेक्सुवालिटीको बारेमा जानकारी दिने विभिन्न भिन्दा-भिन्दै वेबसाइटहरुको साहरा लिइन् । उनी सामाजिक सञ्जालमा एसेक्सुवालिटीसंग सम्बन्धित केही समुहहरुसंग पनि जोडिन पुगिन् ।

सन्ध्यालाई प्रारम्भमा आफुसंग केही गम्भीर समस्या भएको जस्तो लागेको थियो । आफ्नो सम्बन्ध टुट्नुमा आफु स्वयंलाई दोषी पनि मान्न थालेकी थिइन् । ‘तर जसै मलाई सेक्सुअलिटीको बारेमा पढ्न र बुझ्न थालें, मैले  आफु स्वयंलाई स्वीकार गर्न थालें, उनी सम्भिmन्छिन् ।

विस्तारै-विस्तारै उनलाई आफु कुनै रोगको शिकार नभएको र आफु असामान्य पनि नभएको भन्ने कुरा बुझिन् । सामाजिक सञ्जालको माध्यमबाट उनको अन्य एसेक्सुअल मानिसहरुसंग पनि चिनजान भयो । त्यसरी उनी समयसंगै आफ्नो शरीर र उनको सेक्सुवालिटीप्रति पुर्ण रुपले सहज भइन् ।

के सन्ध्याले आफ्नो लागि पार्टनर खोज्ने प्रयास गरिन् ?

यसको जवाफमा सन्ध्या भन्छिन्-‘आफ्नो विभिन्न पटकको अनुभवबाट मैले बुझिसकेकी थिएँ, यदि मैले कुनै पुरुषसंग सम्बन्ध स्थापित गरें भने उसको अपेक्षा बढ्छ । त्यहि क्रममा म आफ्नो एसेक्सुअल आइडेन्टीटीप्रति धेरै गम्भिर भैसकेकी थिएँ र मैले कुनै पनि हालतमा त्योसंग सम्झौता गर्नका लागि तयार भइन । मैले कुनै एसेक्सुअल पुरुषनै आफ्नो पार्टनर बन्न सक्छ भन्ने कुरा पनि बुझेकी थिइनँ । त्यसैले मैले कसैलाई डेट गर्न अथवा पार्टनर खोज्न बन्द गरिदिएँ ।’

सन्ध्या कस्तो परिवार चाहन्छिन् ?

तर के एसेक्सुअल कम्युनिटीमा सन्ध्याले कोहि भेटिनन् त ? जोसंग उनले जिन्दगी बिताउने सोच्न सक्थिन् ?

यस बारेमा सन्ध्या भन्छिन्-‘सामाजिक सञ्जालमा धेरै मानिसहरु भेटेता पनि वास्तविक जीवनमा कोहि भेटिएन ।’

उनी थप्छिन्-‘धेरै मानिसहरु एसेक्सुअल हुन्छन् तर सही जानकारीको अभावमा आफुलाई बुझ्न सक्दैनन् । केही मानिस सामाजिक र पारिवारिक दवावका कारणले सार्वजनिक रुपमा आफ्नो सेक्सुवालिटी व्यक्त गर्दैनन् र भित्र-भित्रै पाकिरहन्छन् ।’

यद्यपि, यदि एसेक्सुअल कम्युनिटीबाट कुनै पुरुष भेटियो भने उनी यसको बारेमा अवश्य सोच्ने छिन् ।

एउटा एसेक्सुअल महिला भएको हिसाबले परिवारको कस्तो मान्यता रहेको छ ?

यसको जवाफमा सन्ध्या भन्छिन्-‘अहिले म सिंगल छु र जहाँसम्म मलाई लाग्छ भविष्यमा पनि म सिंगल नै हुनेछु । अहिले मेरो साथी,मसंग एउटै घरमा बस्ने महिलाहरु नै मेरो परिवार हो । हामी भिन्दा-भिन्दै कोठामा बस्छौं, तर हाम्रो कमन किचन छ । हामी भेटघाट गर्छौं, कुरा गर्छौं र एक-अर्काको सुख-दुःखमा साथ हुन्छौं । त्यसैले मेरो लागि यहि नै परिवार हो । म आफ्नो पहिचान नै हराउने गरि परिवार म माथि हावी होस् भन्ने चाहान्न ।

सन्ध्याले यदि उनलाई मन पर्ने पार्टनर भेटिन् भने उनी उसको साथ रहन पनि चाहन्छिन्, तर त्यो सम्बन्धको पनि आफ्नो दायरा हुन्छ ।

उनी भन्छिन्-‘परिवार शब्दले मेरो मनमा जुन तस्वीर उत्पन्न हुन्छ, त्यसमा म र मेरो पार्टनर साथ त हुन्छौं तर हामीबीच एउटा स्पेस पनि हुन्छ । हामी एउटै घरमा बसे पनि कोठा छट्टा-छुट्टै होस् भन्ने मेरो चाहना छ । हाम्रो भान्छा एउटै होस्, जहाँ हामी दुवै मिलेर खाना बनाउन पाउँ । हामी भिन्दा-भिन्दै कोठामा बसे पनि भावनात्म रुपले एकअर्कालाई आवश्यक परेको समयमा हामी साथ रहौं ।’

आमा बन्ने र बच्चाको प्रश्नको जवाफमा सन्ध्याले स्पष्ट शब्दमा भनिन्-‘मलाई अरुको बच्चा मन पर्छ तर म आफु बच्चा जन्माउन चाहान्न ।’

सन्ध्यालाई प्रायःले बच्चा भएन भने बुढेसकालमा तिम्रो हेरचाह कसले गर्छ ? भनेर प्रश्न गर्छन् । सन्ध्या ती मानिसहरुलाई जवाफ दिनु भन्दा प्रतिप्रश्न गछिन् । के सबै वृद्ध मानिसहरुको बच्चाले उनीहरुको हेरचाह गरिरहेको छ ? म आफ्नो बुढेसकालको लागि सेभिङ गरिरहेकी छु । म एक्लो छु भन्ने कुरा मलाई थाहा छ । मैले आफ्नो हेरचाह आफंैले गर्नु पर्छ, त्यसैले स्वास्थ्य र फिटनेसको पूर्ण ध्यान राख्छु । म राम्रो खाना खान्छु, योगा गर्छु र कुनै पनि निर्णय राम्रोसंग सोचविचार गरेर मात्र गर्छु ।’

सन्ध्याको परिवार र नातेदारहरु कहाँबाट विवाहको दवाव लगातर बढ्न थालेको भएता पनि उनी स्पष्टरुपमा सबैको दवाव अस्वीकार गर्छिन् ।

विवाह नगर्दा केहि बिग्रँदैन

उनी भन्छिन्-‘मेरो सानो बहिनीको पनि विवाह भैसकेको छ । त्यसैले विवाहको दवाव धेरै छ तर मैले हिजोआज मानिसको सल्लाह र घोचपेच सुन्न बन्द गरेकी छु । म एक्लै बस्छु र पूर्णरुपले आत्मनिर्भर पनि छु । म एक्लै लञ्च र डिनर गर्न जान्छु र सपिङ पनि एक्लै जान्छु । यहाँसम्म कि म बिरामी भएको समयमा पनि एक्लै डाक्टरकहाँ जान्छु । विवाह जीवनको सबै भन्दा ठुलो आवश्यकता हो जस्तो मलाई लाग्दैन । मानसिक शान्ति र आफ्नो खुशीले जिन्दगी बाँच्न पाउने स्वतन्त्रता नै जिन्दगीको सबैभन्दा ठुलो आवश्यकता हो जस्तो मलाई लाग्छ ।’

उनको अफिस र बाहिरी संसारको मानिसको व्यवहार कस्तो हुन्छ ?

यस बारेमा सन्ध्या भन्छिन्-‘मानिसहरुलाई विश्वास नलाग्न सक्छ,  म ४० वर्षको उमेरमा पनि एक्लै छु र कुनै सम्बन्धमा पनि बाँधिएकी छैन । उनीहरुलाई मैलो झुठ बोले जस्तो लाग्छ । मानिसहरु मेरो बारेमा विभिन्न किसिमको कुराहरु गर्छन् तर म ती कुराहरुमा ध्यान दिन्न । मेरा साथी एकदम राम्रा छन् तर उनीहरु म एसेक्सुअल भएको कुरालाई न त बुझ्छन् न त स्वीकार नै गर्छन् । उनीहरु मेरो लागि चिन्तित छन् ।’

समाजमा एउटा वर्ग यस्तो छ जसलाई समलिंगी, ट्रान्स अथवा अलैंगिक सम्बन्धलाई मान्यता प्राप्त भयो भने परिवारको ढाँचा बिग्रन्छ भन्ने लाग्छ । यस बिषयमा सन्ध्या भन्छिन्-‘एकदम साधारण भाषामा सम्झाउने कोशिश गर्छु । कुनै पनि बगैंचामा एकै प्रकारको फुलहरु हुँदैनन् । विभिन्न फुलहरु हुने भएकाले बगैंचा राम्रो देखिन्छ । त्यस्तै भिन्दा-भिन्दै मानिसहरुको कारणले नै हाम्रो सृष्टि पनि सुन्दर छ ।’

सन्ध्या भन्छिन्-‘संसारको जनसंख्या यति धेरै छ, यदि कुनै मानिसले विवाह नगर्दैमा र बच्चा नजन्माउँदैमा केही बिग्रँदैन ।’

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment