Comments Add Comment

धनुषा बम बिष्फोटका आरोपी साह सप्तरीबाट पक्राउ

१ फागुन, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी दुई महिना अगाडि भएको बम बिष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ सदस्य इन्दल प्रसाद साह छन् ।

साहलाई सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ श्रीपुर टोलबाट प्रहरीले बिहीबार पक्राउ गरेकाे हो ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ निवासी ३४ वर्षीय साहलाई चन्दा लिन आएको बखत विशेष सुराकीको आधारमा पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।

भारतीका अनुसार इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि धनुषा प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

यो पनि पढ्नुहोस प्रहरीले छोएलगत्तै पड्कियो बम, तीन जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता एवं डीएसपी रामेश्वर कार्कीले साह महेन्द्रनगरको बिष्फोटको घट्नामा संलग्न रहेको बताए । कार्कीका अनुसार साहविरुद्व पहिलादेखि नै कर्तव्य ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा दर्ता भएको थियो ।

पक्राउ परेका साह विप्लप नेतृत्वको नेकपाका प्रदेश सदस्यका साथै सिराहा जिल्लाका इन्चार्ज समेत थिए । उनीविरुद्व थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ निवासी राजेश साहको घरमा भएको बिष्फोटमा राजेशसहित साहका १५ वर्षीय छोरा आनन्दकुमार साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस धनुषा बम विष्फोट : प्रहरी इन्स्पेक्टर दाहालको पनि मृत्यु

उक्त बिष्फोटमा राजेशका ७० वर्षीय राजेशका पिता भिखारी साहसहित आधा दर्जन घाइते भएका थिए ।

यो बिष्फोट घट्नामा संलग्न भएको भन्दै सात जनालाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment