+
+
Shares

दिलीप हत्या प्रकरण : पुर्पक्षका लागि तीन जना कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १४:००

२ फागुन, जनकपुरधाम । खोला उत्खननको बिरोध गर्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका दिलीपकुमार महतोको हत्यामा संलग्न आरोपित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

धनुषा जिल्ला अदालतको आदेशमा तीन जनालाई कारागार पठाइएको र तीन जनालाई धरौटीमा छाडिएको छ ।

अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलाशले क्रसर उद्योगी बिपिन महतो, टिपर चालक मुनिन्द्र महतो र लोडर चालक जितेन्द्र महतोलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

यस्तै, रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई २५ हजार धरौटी लिएर साधारण तारेखमा रिहा गर्ने आदेश दिइएको छ ।

अदालतको आदेश लगत्तै तीन जनालाई कारागार पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

गत पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा भइरहेको उत्खनन् रोक्न गएका दिलीपको हत्या गरिएको थियो । फलामको रड घोंचेर बेहोस बनाई टिपरले किचेर उनको हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?