Comments Add Comment

पूर्वसभासद घिमिरे भारतमा मृत भेटिए

तस्वीर : www.sajilokhabar.com

२० फागुन, काठमाडौं । पूर्वसभासद झापाका धर्मप्रसाद घिमिरे भारतमा मृत अवस्थामा भेटिएका छन् ।

झापाको सीमावर्ती शहर पश्चिम बंगालको बागडोग्रामा मृत अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

तीन दिनदेखि हराइरहेका पूर्वसभासद घिमिरेलाई भारतीय प्रहरीले मंगलबार विहान ३ बजे बागडोग्राको पश्चिम एसिएन हाइवेको छेउमा मृत अवस्थामा भेटेको हो । भारतीय प्रहरीले सडक दुर्घटनामा मृत्यु भएको जानकारी दिएको डीएसपी पोखरेलले बताए ।

घटनाको जानकारी पाएपछि काकडभिट्टाबाट प्रहरी टोली र घिमिरेको परिवारका सदस्य बागडोग्रा पुगेका छन् । पोस्टमार्टम भारतीय अस्पतालमा नै गरेर शव नेपाल ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ ।

झापा बिद्रोहका योद्धा घिमिरे २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

वि. सं. २०२३ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका ७५ वर्षीय घिमिरे २०२८/२९ सालमा भएको झापा विद्रोहका क्रममा पक्राउ परी ९ वर्ष जेल बसेका थिए । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment