Comments Add Comment

सरकारले काम देखाउनुको विकल्प छैन : सांसद श्रेष्ठ

२१ फागुन, काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले जनादेश प्राप्त सरकारले जनताको चाहना र आकांक्षाअनुसार काम गरेर देखाउनुको विकल्प नभएको बताएका छन् ।

राष्ट्रियसभा सदस्यको सपथ लिएलगत्तै बुधबार बसेको राष्ट्रियसभा बैठकमा नवनिर्वाचित सदस्यहरुको तर्फबाट मन्तव्य राख्दै उनले सम्मृद्ध नेपालको कार्यभार पूरा गरेर देखाउनु बाहेक सरकारसँग विकल्प नभएको बताए ।

लोकतान्त्रिक शासन व्यवस्था, स्थिर राजनीतिक अवस्था र बहुमत प्राप्त सरकार भएकाले सरकारलाई ‘यताउता’ गरेर बाहना देखाउने छुट नभएको बताए ।

उनले भने, ‘लोकतन्त्र भएन भन्न पाइदैन । संक्रमणकाल छ संविधान छैन भन्न पाइदैन । राजनैतिक अस्थिरता छ भन्न पाइदैन र अब हामीले व्यवहारमा सम्मृद्ध नेपालको कार्यभार पूरा गरेर देखाउनुबाहेक यताउता गर्ने ठाउँ छैन ।’

यी काम सरकारको एक्लो प्रयासले मात्र नहुने भन्दै उनले त्यसका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताए ।

नेता श्रेष्ठले भौगोलिक अखण्डताको रक्षा गर्ने, सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्दै नेपाललाई स्वभिमानी राष्ट्रको रुपमा उभ्याउन सबै राजनीतिक पार्टी, नागरिक समाज र पेशागत शक्ति मिलेर अघि बढ्नुपर्ने बताए ।

बहुमत प्राप्त सरकार र कमजोर प्रतिपक्षीका आ आफ्नै समस्या रहेको भन्दै उनले निरंकुश हुने खतराबाट सत्तापक्ष र निरपेक्ष विरोध गर्ने चरित्रबाट प्रतिपक्षी दल माथि उठ्न सक्नुपर्ने बताए ।

‘हामीले राष्ट्रिय मुद्धामा मिलेर जानुपर्ने हुन्छ । त्यसको निम्ति सचेत हुन अनुरोध गर्दछु’ उनले भने ।

सत्ताको पछाडि र सुविधाको पछाडि लाग्ने काम भए परिर्वर्तित राजनीतिक प्रणालीको लक्ष्य प्राप्ती नहुने नेता श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment