+
+
Shares

शनिबार दिनभर वर्षा, भोलिबाट घाम लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २४ गते ९:००

२४ फागुन, काठमाडौं । संघीय राजधानी काठमाडौंसँगै देशका अधिकांश भागमा वर्षा भइरहेको छ । वर्षापछि जनजीवन प्रभावित बनेको छ ।

शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अनलाइनखबरलाई जानकारी दिए । प्रधानाङ्गका अनुसार, पश्चिम वायुको प्रभावले देशका अधिकांश भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

‘शुक्रबार देशको पश्चिम भेगबाट न्यून चापीय प्रणाली प्रवेश गरेकाले शनिबार दिनभरजसो नै हल्कादेखि मध्यम वर्षा हुनेछ,’ मौसमविद् प्रधानाङ्ले भने ।

हिमाली भेगमा भने हिमपात हुनसक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । केही स्थनमा चट्याङ्, हावाहुरी र असिनासहित वर्षाको सम्भावना औंल्याउँदै महाशाखालले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, शुक्रबार भित्रिएको मौसमी प्रणाली शनिबार रातिदेखि पूर्व हुँदै बाहिरिने छ । पानी पार्ने मौसमी प्रणाली बाहिरिएपछि घाम लाग्ने महाशाखाले जनाएको छ ।

‘पश्चिमबाट प्रवेश गरेको न्यून चापीय प्रणाली आज रातिदेखि पूर्व हुँदै बाहिरिने छ । त्यसपछि पानी पर्दैन । भोलिदेखि त घाम नै लाग्छ,’ मौसमविद् प्रधानाङ्गले भने ।

प्रि–मनसुनका कारण मौसमी प्रणाली विकसित हुने खतरा रहे पनि आइतबारबाट केही दिन मौसम घमाइलो हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?