Comments Add Comment

महिला र बालबालिकालाई कोरोना भाइरसको जोखिम कम

महिला र बालबालिकामा कोरोना भाइरस कोभिड-१९ को असर पुरुषमा भन्दा कम हुने गरेको एक अध्ययनले देखाएको छ । यो भाइरसबाट मर्नेमा महिला र बालबालिका कम छन् ।

चाइनीज सेन्टर्स अफ डिजिज कन्ट्रोलले यस विषयमा अध्ययनले गरेको थियो । यो अध्ययन ४४ हजार कोरोना भाइरस संक्रमित मानिसमा गरिएको थियो । अध्ययनमा २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको ज्यान गएको थियो । उमेरको हिसाबमा भने भाइरसबाट संक्रमित ०.२ प्रतिशत बालबालिका र किशोरको ज्यान गएको थियो । ८० वर्षभन्दा बढी उमेरका मानिसको मृत्युदर भने १५ प्रतिशत छ ।

वैज्ञानिकहरुले महिलाको विषयमा देखिएको यस किसिमको आँकडा कुनै नौलो भने नरहेको बताएका छन् । यसअघि पनि अन्य फ्लु तथा संक्रामक रोगमा पनि पुरुषको तुलनामा महिलामा रोगको संक्रमण कम हुने गरेको छ ।

केही स्वास्थ्य विज्ञहरुले बालबालिकामा भाइरसको असर कम देखिनुमा अभिभावकले बालबालिकाको स्याहार महत्वपूर्ण कारण रहेको हुन सक्ने बताएका थिए । अभिभावकले सकेसम्म उनीहरुलाई भाइरसबाट बचाउन प्रयत्न गर्छन् । त्यसैले पनि उनीहरुमा पनि यसको जोखिम कम भएको हो ।

महिलाको तुलनामा पुरुषको जीवनशैली पनि खराब हुने भएकाले महिलामा यो भाइरसको असर कम देखिएको हुन सक्ने विज्ञहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment