Comments Add Comment

राहत पाउँदा मुसहर वस्तीमा देखियो मुस्कान

७ वैशाख, जनकपुरधाम । सबैला नगरपालिका १२ बरकुबाकी ७२ बर्षीया अनारोदेवी सदाको अनुहार आइतबार उज्यालो देखियो । उनको घरमा अन्न गेडो पनि नभएको एक हप्ता भन्दा बढी भइसकेको थियो । उनले मागेर पेट पाल्दै आएकी थिइन् ।

प्रदेश सरकारले राहत वितरणका लागि भन्दै नगरपालिकालाई १५ लाख रुपैयाँ दिएको पनि दुई हप्ता भइसकेको थियो । तर नगरपालिकाले समेत राहत बितरण नगरेपछि अनारोसहित यो मुसहर वस्ती कोरोनाभन्दा भोकसँग लड्न गाह्रो भइरहेको थियो । आइतबार यहाँ भोर नामक संस्थाले राहत वितरण गरेको हो ।

१५ किलो चामल, १ किलो दाल, १ लिटर खाने तेल, १ किलो नुन र २ वटा हात धुने साबुन पाएपछि अनारोदेवीले वितरण गर्नेलाई आशिर्वाद दिदैं भनिन्, ‘जुगजुग जिया हो बौवा ।’

अनारोदेवी मात्र होइन यस वस्तीका सबै भोकसँग लडिरहेका थिए । दैनिक मजदूरी गरेर गुजारा चलाउँदै आएका यस वस्तीका परिवार लक डाउन यता भोकको शिकार भएका छन् ।

‘अहिलेसम्म नगरपालिकाले पनि राहत नदिँदा हामीलाई समस्या भइरहेको थियो’ स्थानीय जागे सदाले भने, ‘दैनिक ज्यालादारीका लागि कोही भन्न पनि आउँदैन र काम पनि पाइँदैन ।’

दैनिक गुजारा चलाउन चर्को व्याजमा कर्जा लिन जाँदा पनि कसैले नदिने गरेको उनले सुनाए । ‘अब त यहीं खाद्यान्न साम्रगी एक छाक मात्र खाएर धेरै दिन लान्छौ’ उनले भने । अब अर्को टोली राहत लिएर आउनेमा पनि उनीहरु आशावादी छैनन् ।

भोरले आइतबार यस वस्तीका ६३ परिवारलाई राहत वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमै हट वर्षा

Advertisment