+
+
Shares

हावाहुरी र असिनाले दुई करोड बढीको क्षति

रासस रासस
२०७७ वैशाख ८ गते १२:४६

हेटौंडा । विगत दुई दिनदेखि चलेको हावाहुरी र वर्षासँगै परेको असिनाले मकवानपुर जिल्लामा मात्रै करिब दुई करोड  रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ ।

हावाहुरी र असिनाले कृषि बालीतर्फ गहुँ र मकैमा ठूलो क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र हेटौंडाले जनाएको छ । केन्द्रका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा व्यावसायिक रुपमा लगाएको भिन्डी, करेला, लौका, फर्सी, बन्दा, काउली, घिरौं‌ला, बोडीलगायत तरकारीमा क्षति पुर्‍याएको हो ।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । तरकारी बालीमा भएका क्षतिले यसको मूल्यमा समेत वृद्धि हुने किसानको भनाइ छ । त्यस्तै, हावाहुरीले मनोहरी गाउँपालिकाको दुई सय ५० घरमा क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ । हावाहुरीले विशेषगरी विपन्न बस्तीमा टिनको छाना उडाएको छ ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार गाउँपालिकाको वडा नं ५ को बस्तीमा बढी क्षति भएको र त्यहाँ रहेको टिनको छाना उडाएको जानकारी दिए । यसैबीच, जिल्ला प्रहरी कार्यालयले मकवानपुरले पनि क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?