+
+
Shares

वडाध्यक्षको निर्देशनपछि अनामनगरको भाटभटेनी बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते ११:३४

९ वैशाख, काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट बन्द भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन अन्य साना पसलहरू बन्द भए पनि भाटभटेनी भने खुलै थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर-२९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द गराउन भनेका हुन् । सुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको वडाध्यक्ष ढकालले जानकारी दिए ।

साना पसलहरू सबै बन्द भए पनि राजनीतिक पहुँचका आधारमा भाटभटेनीले दिनभर खुला गर्ने गरेको थियो ।

सुरक्षाका लागि बाहिर दुरी कायम गर्न भनिए पनि भित्र पसेपछि भने ठूलो भिड लाग्ने गरेको थियो । भित्र दुरी कायम गर्ने अवस्था नहुने भएकाले संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए ।

अनामनगरको बन्द भए पनि नक्साल, कोटेश्वर लगायतका ठाउँहरूमा भने भाटभटेनी दैनिक खुला हुने गरेका छन् । संक्रमणबाट फैलन नदिन भन्दै बाहिर लाइन लगाएर दुरी कायम गर्न भनिए पनि भित्र पसिसकेपछि भाटभटेनीले कुनै सतर्कता नअपनाएको वडाध्यक्षहरूले बताएका छन् ।

सामान्य नागरिकले किनमेल गर्ने पसलहरू बन्द गराएर ठूलो सुपरमार्केटमात्रै खोल्न दिइएको भन्दै सर्वसाधारणहरूले नै सामाजिक सञ्जालमा विरोध गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?