Comments Add Comment

मधुमेहको जोखिमबाट बच्ने प्राकृतिक काइदा

धेरैले बुझ्ने भाषामा, चिनी रोग । कतिपयले यसलाई ‘खानदानी’ रोग पनि भन्छन् । खासगरी ऐशआरमको जिन्दगी बिताउने, मीठो मसिनो खानेहरु मधुमेहको शिकार बन्छन् । शारीरिक रुपमा सक्रिय वा श्रम गर्नेहरुलाई तुलनात्मक रुपमा मधुमेहको समस्या हुँदैन ।

अहिले शहरी क्षेत्रमा मधुमेहको समस्या बढ्दो छ । हरेकजसो घरमा मधुमेहको रोगी भेटिन्छन् । कुनैबेला बुढ्यौलीमा मात्र यो समस्याले च्याप्ने गथ्र्यो । अहिले अवस्था फरक छ । युवा मात्र होइन, बालबच्चा समेत मधुमेह रोगी बनेका छन् ।  यसरी सबै उमेर समूहमा यो रोग बढ्नुको कारण हो जीवनशैली । अर्थात अस्तव्यस्त एवं खराब जीवनशैली । यसमा सुत्ने, उठ्ने तालिकादेखि खानपानसम्म पर्छ ।

मधुमेह रोग लागेपछि उपचार खोज्नुभन्दा मधुमेह लाग्न नदिनु नै उत्तम हो । मधुमेह भइसकेको अवस्था पनि औषधि उपचारको मात्र भर परेर हुँदैन । खासमा परिवर्तन गर्नुपर्ने जीवनशैली हो ।

खानामा जौ

जौ सजिलै उपलब्ध हुने अन्न हो । यदि हामीले खानाको रुपमा जौको प्रयोग गर्ने हो भने, यसले ब्लड सुगर लेभल नियन्त्रण गर्छ । किनभने जौमा फाइबरको मात्रा अधिक हुन्छ । यसले शरीरमा ग्लुकोजको स्टरलाई मेटाबोलाइज गर्न मद्दत गर्छ ।

टहल्ने 

विशेषज्ञका अनुसार बिहान र  साँझ नियमित रुपमा १५ मिनेट हिँड्ने गर्नुपर्छ । यसले शरीरमा ब्लड सुगर लेभललाई नियन्त्रण गर्छ । मधुमेह रोगीको लागि हिँडडुल गर्नु राम्रो व्यायम हो । यसका लागि पार्क नै पुग्नुपर्छ भन्ने छैन । छतमा, घरको कोठामै पनि हिँडडुल गर्न सकिन्छ ।

मेथी

ब्लड सुगर लेभल नियन्त्रण राख्नका लागि मेथी निकै राम्रो खाद्य पदार्थ हो । यसका लागि एक चम्चा मेथी पाउडर तातो दुधमा मिलाएर दिनहुँ पिउनुपर्छ । यसले तपाईको ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

फल खाने

ताजा फलमा भिटामिन ए र सी हुन्छ, जसले रगत र हड्डी स्वस्थ्य राख्छ । यसका साथै जिंक, पोटासियम, आयरन, फाइबर पनि हुने भएकाले ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

सब्जी खाने

पालक, गोभी, करेला, लौका जस्ता सब्जी मधुमेह रोगीका लागि निकै उपयोगी हुन्छ । यसमा कम क्यालोरी हुनका साथै भिटामिन सि, म्यागनेसियम धेरै हुन्छ ।

प्रशस्त पानी पिउने

मधुमेह रोगीले दैनिक अढाई लिटर पानी पिउनैपर्छ । यसले मधुमेह नियन्त्रण गर्न सघाउ पु¥याउँछ ।

भिटामिन डी

शरीरमा भिटामिन डीको कमीले इन्सुलिनको मात्रा बढ्छ । यसैले सहि मात्रामा भिटामिन डि लिनुपर्छ, जसले ब्लड सुगरको लेभल कम गर्छ ।

कागती

मधुमेहका बिरामीलाई अत्याधिक प्यास लाग्ने गर्छ । त्यसैले बारम्बार प्यास लागेको अवस्थामा कागती निचोरेर पिउनाले प्यासको अधिकता शान्त हुन्छ ।

काँक्रो

मधुमेहका बिरामीहरुलाई भोकाएको बेलामा थोरै थोरै र हल्का भोजन लिने सल्लाह दिइन्छ । त्यसैले उनीहरुलाई बारम्बार भोक लाग्छ । यो स्थितीमा काँक्रो खाएर भोक मेटाउँदा यसले फाइदा गर्छ ।

 गाँजर पालुङ्गो

मधुमेहको रोगीहरुले गाँजर र पालुङ्गोको रस मिलाएर पिउनुपर्छ । यसले आँखाको कमजोरी समेत टाढा हुन्छ ।

व्यायाम

व्यायाम नगर्दा इन्सुलिनमा पुरा प्रभाव पर्छै । त्यसैले व्यायाम गर्नु आवश्यक छ । धेरैले के सोच्छन् भने, बिहान खाली पेट व्यायाम गर्नु राम्रो हो । तर मधुमेह रोगीले यसमा केहि ध्यान दिनुपर्छ । व्यायाम दिनमा कुनैपनि समय गर्न सकिनेछ, तर एक नियम अनिवार्य लागु गर्नुपर्छ ।

मधुमेह रोगीले खाली पेट व्यायाम गर्दा शुगर कम हुने आशंका बढ्न सक्छ । त्यसैले व्यायाम गर्नुअघि फल वा बदाम वा ओखर सेवन गर्नु लाभदायक हुन्छ । मधुमेहमा एरोबिक्स व्यायाम, पौडी, जगिङ लाभदायक हुन्छ । यसका साथै योग, मेडिटेशनले मानसिक तनाव कम गर्छ । जीवनशैलीमा यस किसिमको सकारात्मक परिवर्तनले मधुमेह नियन्त्रण सहजै हुन्छ ।

नियमित रुपले शुगर जाँच

मधुमेह नियन्त्रणका लागि अनिवार्य रुपमा शुगरको जाँच गराइरहनुपर्छ । किनभने, शुगर बढेर पनि त्यसको संकेत नदेखिन सक्छ । त्यसैले शुगर बढेको अवस्थामा गरिने असावधानीले जटिल समस्या ल्याउन सक्छ ।

साथसाथै शुगर कम हुँदा पनि जाँच गर्नुपर्छ । यसका साथै एचबी ए १ सी टेस्ट, शुगर तीन महिनामा एक पटक जाँच गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment