+
+
Shares

असिनापानीले गुल्मीमा हिउँदे बालीमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते ९:४१

१० वैशाख, गुल्मी । गुल्मीमा असिनापानील भर्खरै लगाएको मौसमी र बेमौसमी बालीमा क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा आएको असिनाले बालीमा क्षति भएको हो ।

असिनाले मकैसँगै तरकारी सिमी, आलु , धानको बिउलगायतका थुप्रै हिउँदे बाली नष्ट गरेको छ । बाली नष्ट भएपछि चिन्ता बढेको कृषक पुर्णबहादुर महताराले बताए ।

हिउँदे बालीको सुरुआतमै आएको भारी असिनापानीका कारण ठूलो क्षति भएको हो । गएको बिहीबार परेको असिनापानीले केही मात्रै असर गरे पनि आइतबार, सोमबार र मङ्गलबार तीन दिनसम्म गुल्मीमा लगातार असिनापानी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?