+
+
Shares

हाम्रा ऋषिमुनीहरुले सदियौं अघि खोज गरेका थिए यी रहस्य

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १५:०३

राइट दाजुभाईले हवाइजहाजको आविष्कार गर्नुअघि नै हाम्रा पौराणिक कथामा आकासमा चरा जस्तै उड्ने यानको परिकल्पना गरिएको पाइन्छ । पृथ्वीको गुरुत्वबल आधुनिक विज्ञानको अभूतपूर्व खोज हो । जबकी ऋषिमुनी भास्कराचार्यले आफ्नो ग्रन्थ ‘शिद्धान्तशिरोमणि’मा लेखेका थिए, ‘पृथ्वीले आकाशीय पदार्थलाई आफ्नो विशिष्ठ शक्तिद्वारा आफुतर्फ तान्ने गर्छ ।’ आधुनिक चिकित्सा विज्ञानको खोज हुनुअघि नै आचार्य चरकले आयुर्वेद एवं औषधि विज्ञानको खोज गरेका थिए ।

शरीर रचनाको सन्दर्भमा होस् वा ब्रम्हाण्डको, सदियौंअघि नै हाम्रा ऋषिमुनीहरुले अनेक खोज-अध्ययन, प्रयोग एवं अभ्यास गरेका पाइन्छ ।

योग-विज्ञानका प्रणेता पतंजली

रोगमुक्त जीवन बाँच्ने चाहनासँगै आजको विश्वले योग, ध्यान, प्राणायामलाई उच्च महत्व दिन थालेको छ । जबकी यसको खोज र अभ्यास सदियौंअघि ऋषि पतन्जलीले गरेका थिए । उनले योगशास्त्रको रचना गरेर योग, ध्यानलाई व्यवस्थित गरेका थिए ।

शल्य चिकित्सका प्रवद्र्धक महर्षि सुश्रुत

उनलाई दुनियाकै पहिलो शल्य चिकित्सा विज्ञानका प्रवद्र्धक मानिन्छ । उनी शल्य कर्ममा दक्ष थिए । महर्षि शुश्रुतद्वारा लेखिएको ‘सुश्रुत संहिता’ ग्रन्थमा शल्य चिकित्साको बारेमा अहम् ज्ञान विस्तारमा बताइएको छ । यसमा सुई, चक्कु, चिम्टी जस्ता करिब एक सय २५ बढी शल्य चिकित्साको औजार र तीन सय किसिमको शल्य क्रियाको बारेमा विवरण छ । भनिन्छ, महर्षि सुश्रुत मोतियाबिन्दु, पथरी, भाँचिएको हड्डी जस्ता शल्यक्रियाका लागि माहिर थिए ।

अस्त्र एवं प्रक्षेपास्त्रका आविष्कारक विश्वमित्र

ऋषि बननुअघि विश्वमित्र क्षत्रिय (योद्धा) थिए । पछि उनी तपस्वी भए । भनिन्छ, विश्वमित्रले भगवान शिवबाट अस्त्र विद्या पाएक थिए । आजको युगमा प्रचलित प्रक्षेपास्त्र वा मिसाइल प्रणली हजारौं बर्षअघि विश्वमित्रले खोज गरेका थिए ।

सौर्यमण्डलका ज्ञाता गर्ग मुनि

गर्ग मुनिलाई नक्षत्रका खोजकर्ता मानिन्छ । उनी तारामण्डलका ज्ञाता थिए । उनले ‘गर्ग संहिता’ नामक ज्योतिष ग्रन्थ रचना गरेका थिए ।

वायुयानका आविष्कारक भारद्वाज

आधुनिक विज्ञानका अनुसार राइट दाजुभाईले वायुयानको आविष्कार गरेका थिए । तर, हिन्दु शास्त्र अनुसार सदियौंअघि ऋषि भारद्वाजले विमानशास्त्रका माध्यामबाट एक स्थानबाट अर्को स्थानमा वा एक ग्रहबाट अर्को ग्रहमा जाने वायुयानको रहस्य उजागर गरेका थिए ।

संख्या शास्त्रका प्रणेता कपिल मुनि

कपिलमुनीलाई संख्या शास्त्र अर्थात तत्वमा आधारित ज्ञानका प्रणेता मनिन्छ । ‘कपिलस्मृति’ उनको ग्रन्थ हो ।

यौन संहिताका अध्येता वात्स्यायन

यौनका अनेक आसन र आयम, यसका विधी लगायत दाम्पत्य जीवनको शृंगारबारे वात्स्यायनले सदियौंअघि खोज -अध्ययन गरेका थिए । उनीले लेखेका ‘कामसुत्र’ आज पनि उत्तिकै चर्चित मानिन्छ । उक्त ग्रन्थ विश्वकोप्रथम यौन संहिता मानिएको छ । कामसुत्रमा उनले महिला र पुरुषको बर्गिकरण । दम्पतीमा हुनुपर्ने गुण, परिवार सुखको राज आदिबारे उल्लेख गरेका छन् ।

विभिन्न स्रोतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?