Comments Add Comment

उद्योग कठिनाई उद्योग मन्त्रालयले सम्बोधन गर्ने

२९ वैशाख, काठमाडौं । लकडाउनका कारण बन्द उद्योग सञ्चालन गर्दा सवारी आवागमनमा हुने कठिनाईको सहजीकरण उद्योग मन्त्रालयले गर्ने भएको छ ।

उद्योग मन्त्रालयले सोमबार उद्योगी व्यवसायीसँग गरेको छलफलमा यस्तो सहमति भएको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए ।

उद्योगतर्फको ढुवानी तथा यातायातको समन्वय उद्योग विभाग र व्यापारतर्फको समस्या वाणिज्य विभागले समाधान गर्ने सहमति भएको उपसचिव बस्नेतले बताए । अब सकारले तोकेको समयमा सञ्चालन हुने उद्योग र व्यवसायको समस्या समाधान गर्न मन्त्रालयले दुई विभागलाई फोकल बिन्दू तोक्ने छ ।

मन्त्रालयमा भएको छलफलमा उद्योग सञ्चालन गर्न सरकारले तयार पारेको प्रोटोकल्स कार्यन्वयन चुनौतीपूर्ण भएको गुनासो उद्योगी व्यवसायीले उद्योग मन्त्रीसमक्ष राखेका थिए । छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ, परिसंघ, चेम्बर, घरेलु उद्योग महासंघसहितका छाता सगठनका पदाधिकारीले सरकारी निर्णय राम्रै भएपनि अपष्ट भएको बताएका थिए ।

उद्योगी व्यवसायीको समस्या समाधान गर्न मन्त्रालयले विशेष ध्यान दिनुपर्नेमा उद्योगीहरुको जोड थियो । छलफलमा उद्योगी व्यवसायीहरुको सुझाबलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्रालयल तत्पर रहेको उद्योग मन्त्री लेखराज भट्टले प्रतिबद्धता जनाएका थिए ।

उद्योग सञ्चालन, आपूर्ति व्यवस्था सहजीकरण, श्रमिकको व्यवस्थापन र स्वास्थ्य सुरक्षा अपनाउन सरकारले निजी क्षेत्रलाई सघाउने मन्त्री भट्टले प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment