Comments Add Comment

स्पेनमा काेराेनाले एकै दिनमा मृत्यु हुनेको संख्या दुई महिनापछि सयभन्दा कम

४ जेठ, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिनमा मृत्यु हुनेको संख्या दुई महिनामा पहिलोपटक एक सयभन्दा कममा झरेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । युरोपमा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुनेमध्येको एक मुलुक स्पेनमा अहिलेसम्म २७ हजार ६ सय ५० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

विश्वभर कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुकको सूचीमा स्पेन शीर्ष पाँचमा पर्छ । पछिल्लो केही दिनयता निरन्तर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आइरहेको छ ।

तर, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चोजले भने अझै जोखिम कम नभएको बताएका छन् । उनले मुलुकमा लगाइएको आपतकालीन अवस्था जुनको अन्तिमसम्म लम्ब्याउन सरकारले संसद्को अनुमति मागेको बताएका छन् । शनिबार एक टेभिजनमा अन्तर्वार्ता दिँदै सान्चेजले यस्तो बताएका हुन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment