+
+
Shares

महामारीमा तलबबाट वञ्चित गरिएकाेप्रति पुनर्निर्माण प्राधिकरणका कर्मचारी रुष्ट 

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १३:३७
फाइल तस्वीर

२१ जेठ, काठमाडौं । महामारीमा तलब सुविधाबाट वञ्चित गराएको भन्दै पुनर्निर्माण प्राधिकरणको मातहतमा रही पुनर्निर्माण कार्यमा संलग्न घुम्ती डकर्मी र कर्मचारीहरूले आपत्ति जनाएका छन् । प्राधिकरण मातहत कार्यरत करिब ४०० घुम्ती डकर्मीसहित ५०० बढी विभिन्न तहमा कार्यरत कर्मचारीहरूले आपत्ति जनाएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) को ईएचआरपी जाइका EHRP-JICA  प्रोजेक्टको परामर्शदाता ओरेन्टल कन्सल्ट ग्लोबलको स्थानीय पार्टनर संस्था ट्रेनिङ्ग सेन्टर नेपाल प्रालिको मातहतमा रहने गरी कार्यरत ती कर्मचारीहरूलाई वैशाख ३ गते कम्पनीले बिदा दिएको थियो । कर्मचारीलाई आधिकारिक जानकारीविना महामारीको बीचमा नै बिदा दिइएको भन्दै कर्मचारीहरू रुष्ट बनेका हुन् ।

कर्मचारीहरूले वैशाख १५ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सबै सरकारी कार्यालय, निकाय वा उद्योगमा कार्यरत कर्मचारी वा श्रमिकलाई सार्वजनिक बिदा कायम गरी तलव भत्ता उपलब्ध गराउन भनेको भए पनि आफूहरूको हकमा यो निर्णय लागु नभएको उनीहरूको गुनासो छ ।

कम्पनीमा कार्यरत सम्पूर्ण विदेशी कर्मचारी तथा ८ जना माथिल्लो तहका नेपाली कर्मचारीहरूलाई काममा राखी आफूहरूलाई जागिरमुक्त गरिएकोप्रति उनीहरूको आपत्ति छ । उनीहरूले यस विषयमा संघर्ष समिति नै गठन गरेका छन् । संघर्ष समितिका संयोजक राजन थापाले कामकाजमा खटाइएको विषय विभेदपूर्ण मनसायबाट उत्प्रेरित भएको आरोप लगाएका छन् ।

यसरी कर्मचारीलाई तलब सुविधाबाट वञ्चित गर्नु न्यायसंगत नदेखिएको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसन मार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई वैशाख १७ गते ध्‍यानाकर्षण जनाइएको भएपनि अहिलेसम्म सो कुराको सम्बोधन नभएको संघर्ष समितिका सदस्य सिनियिर इन्जिनियर शरद पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?