Comments Add Comment

कोरोना भाइरस, कृषि र कृषिको सवलीकरण

कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट देश आक्रान्त बनेको छ । एकातर्फ कोभिड संक्रमित र मृत्यु हुनेको ग्राफ दिनानुदिन उकालो छ भने अर्कोतर्फ संक्रमण रोक्न गरिएको बन्दाबन्दीले गरिबीको अवस्था झन् खराबबनाइ दिएकोछ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमकाअनुसारकोभिड-१९ को महामारीको कारणबाट विश्वभर १३ करोड ५० लाख जनसंख्या भोकमरीको जोखिमतर्फ उन्मुखछन् । महामारीबाट खाद्य असुरक्षातर्फ उन्मुख हुने जनसंख्या नेपालमा उच्च रहने सजिलै अनुमान गर्न सकिन्छ ।

कृषि प्रणाली र मानव सभ्यता, समयको विभिन्न कालखण्डमा जीवजन्य (रोग, कीरा आदि) र गैरजीवजन्य (खडेरी, न्युन/उच्च तापक्रम, अति/अनावृष्टि,बाढीपहिरो आदि) महामारीबाट गुज्रदै आएको छ।सन् १९४५ देखि १९५२ सम्म आयरल्याण्डमा फैलिएको आलुको डढुवा रोगले त्यहाँ भोकमारी सिर्जना गर्दा करिब १० लाख मानिसको ज्यान गएको थियो भने त्यहि संख्यामा मानिसह शरणार्थीको बनेका थिए।

त्यस्तै चीनको ग्रेट लिप फोरवार्ड फेमाइन तथा भारतमा भएको बंगाली फेमाइनकोकारण लगातारको खडेरीलाई मुख्य रुपमा हेरिएको थियो।हालसालै कोभिड-१९ को महामारीसँगै फैलिएको डेजर्ट लोकस्ट वा सलह कीराको प्रकोपले इथोपिया, केन्या, सोमालिया, दक्षिणी सुडान, युगान्डा र तान्जानियामा ९ करोड हेक्टरमा लगाइएको बाली नष्ट हुने तथा करिब एक करोड जनसंख्यामा खाद्य असुरक्षागहिरिनेविश्व बैंक र एफएओले प्रक्षेपण गरिरहेका छन् ।तर, कोरोनाले कृषि क्षेत्रमा भने अप्रत्यक्ष रुपमा प्रभाव पारेको छ।

यस भाइरसको संक्रमणकोमाध्यम विविध तथा संक्रमण दर समेत उच्च भएकोले सरकारले घोषणा गरेको लकडाउनले खाद्य प्रणालीमा आवद्ध उद्यमी र व्यवसायीहरुको (एग्रोभेट, कृषक, कृषि उपज संकलक, थोक र खुद्रा व्यापारीतथा उपभोक्ता)गतिविधिलाई सीमित गरिदिएको छ, जसले गर्दा समग्र खाद्यशृंखला भंग भएका छन् । कृषक कृषि उत्पादन सामग्री जस्तै, मल, बीउबिजन, औजार-उपकरण, ऋण आदिको पहुँचबाट बन्चित भएका छन्र उपभोक्ताले आफ्नो माग अनुरुपको उपज प्राप्त गर्न सकेका छैनन् ।

नेपालका मुख्य शहरी क्षेत्रमा ५० देखि ६० प्रतिशतसम्म माग घटेकोले आमकृषकलाई आफ्नो उपज विक्री गर्न समस्या भएको छ। कतिपयको उत्पादन बारीमा नै सडेर खेर गइरहेको छभने कतिपय किसान न्यून मूल्यमा बेच्न बाध्य छन् । यसरीसमग्र माग र आपूर्तिको सन्तुलन अस्तव्यस्त बनेको  छ कोभपड-१९ का कारणले ।

कोभिड-१९ को महामारीबीच कामका लागि विदेश गएका करिब ६ लाख युवावैदेशिक रोजगार गुमाएर स्वदेश फर्कने अनुमान छ भने आन्तरिक र भारतबाट गरी करिब २० लाखको हाराहारीमा कामको खोजि गर्ने नेपाली श्रम बजारमा उपलब्ध हुनेछ।साथैनेपालीको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको खाडी मुलुकको अर्थतन्त्रपेट्रोलियमउत्पादनमा आधारित भएको र हाल देखिएको पेट्रोलियम पदार्थको मूल्यमागिरावटसँगै ती मुलुकमा आर्थिक संकट बढ्ने हुँदा कोरोना नियन्त्रण पश्चात पनि त्यहाँ ठूलो संख्यामा रहेका नेपालीश्रमिकले रोजगारी गुमाउने अवस्था सिर्जना भएको छ ।

पछिल्लो समयमा घर फर्कने अधिकांशले कृषिलाई नै अबको गन्तव्यका रुपमा हेरिरहेको पाइन्छ । यसले गर्दा कृषि क्षेत्रमा अवसर र चुनौती दुवै थपिएका छन् ।

नेपालको वर्तमान कृषि प्रणालीलाई नियाल्दा करिब ३५ प्रतिशतकृषक परिवारले मात्र कृषिलाई  जीविकोपार्जनको एक भरपर्दो पेशाको रुपमा अपनाएको देखिन्छ भने बाँकी ६५ प्रतिशतले न त कृषिलाई जीविकोपार्जनको मुख्य माध्यम बनाउन सकेका छन् न यस पेशालाई परित्याग गरि अन्य पेशा रोज्न। यसले गर्दा नेपालको कृषिको ठूलो हिस्सालगानी र लगावको अभावले क्रमिक रुपमा बाँझो, सीमान्त र अनुत्पादक बन्दै गैरहेको छ ।

यस प्रकारको साना कृषकले परम्परागत शैलीमा स-साना कृषि उत्पादनमा लागेका छन्जसले गर्दा उनीहरुलाई अन्य क्षेत्रमा काम गर्न जाने सक्ने अवस्था रहदैन किन कि आफूसँग भएका बाली/वस्तुको निरन्तर हेरचाह गर्नुपर्ने हुन्छ । तसर्थ, यस्ता परिवेशमा रहेका कृषक एक गहिरो र निरन्तर प्रकृतिको गरिबी चक्रमा फसेका छन् । उनीहरुको कृषि व्यवस्था न त निर्वाहमुखी नै छ न त उत्पादनशील ।

अधिकांश वैदेशिक रोजगारीमा जाने श्रमिकका परिवार सीमान्त किसान वा ६५ प्रतिशतको जर्गमा पर्छन्। यस दृष्टिकोणबाट आगन्तुक श्रमिकलाई तालिम र वित्तीय पहुँच उपलब्ध गराई सीमान्तकृत अवस्थामा रहेको कृषि प्रणालीलाई व्यवसायिक कृषिमा रुपान्तरण प्रसस्त सम्भावना देखिन्छ।

अर्कोतर्फ, सरकारी तथ्यांक अनुसार नेपालमा खेतीनगरिएकोखेतीयोग्यजमिन१० लाख ३० हजार हेक्टर रहेको छ ।यी जग्गा निजी र सार्वजनिक स्वामित्वमा छन् ।यस प्रकारको बाँझो जमिन नेपालको आन्तरिक श्रमिक र भारत लगायत अन्य देशबाट फर्किएका मानिसलाई रोजगारीको अवसर उपलब्ध गराउने एक भरपर्दो श्रोत र नेपालका लागि एक सुनौलो अवसर हुने देखिन्छ । यसको अतिरिक्त सरकारले आगामी दिनमा कृषि उत्पादनका लागि हाल अन्य प्रयोजनमा रहेको जमिन समेत कृषि जमिनको रुपमा परिवर्तन गर्नु आवश्यकता देखिन्छ ।

अब केहि चुनौतिकाबारेमा चर्चा गरौँ । नेपालमा अझै पनि करिब दुइतिहाई नेपाली प्रत्यक्ष रुपमा कृषि पेशामा आवद्ध छन् । तथ्यांक अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७.५ प्रतिशत छ जुन अघिल्लो वर्षको तुलनामा घट्दो छ। नेपालको सन्दर्भमा हेर्दा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कम हुँदै जानु आफैमा नराम्रो होइन बरु प्रतिइकाई जमिनको उत्पादन बढ्न नसक्नु, उद्योग र सेवा क्षेत्रको वृद्धि हुन नसक्नु र कृषिमा आवद्ध हुने परिवार संख्या घट्न नसक्नु भने समृद्धिको ठूलो र जटिल चुनौती हो।

विश्व अनुभवमा समृद्ध देश बन्न प्रतिइकाई जमिनको उत्पादन र उत्पादकत्व बढ्नु पर्दछ र कृषिमा आश्रित जनसंख्या द्रुत गतिमा घट्नु पर्ने हुन्छ । समृद्धिको पथमा रहेका हाम्रा छिमेकी मुलुकहरु जस्तै, भुटान, थाइल्याण्ड, भारत, भियतनाम र चीनले १९९० देखि २०१७ को अवधिमा औसत ४२ प्रतिशतले उत्पादकत्व वृद्धि गर्न सफल भएका छन् भने सोही अवधिमा कृषि पेशामा आवद्ध परिवार संख्या औसत ३० प्रतिशतले घटेको छ । गरिबीबाट गुज्रिरहेका अधिकांश मुलुकले न त उत्पादन वृद्धि गर्न सफल रहेका हुन्छन न त कृषिमा आश्रित परिवार संख्या घटाउन नै ।

यस दृष्टिकोणबाट हेर्दा भने कृषिको प्राथामिक उत्पादनका कार्यमा थप मानिस प्रवेश गराउनु दीर्घकालिन रुपमा उपयुक्त देखिदैन । तर अहिलेको विकल्प रहित परिस्थितिमा प्रतिइकाई श्रमिकको उत्पादकत्व वृद्धि हुने सुनिश्चित गर्न सकियो भने केही समयका लागि कृषि क्षेत्रमा दक्ष श्रमिकको संख्या बढ्दा उत्पादन उल्लेख्य रुपमा वृद्धि हुनेछ र यसले कृषिजन्य उद्योग र सेवा क्षेत्रको विकासको अधार सिर्जना गर्नेछ । जब उद्योग र सेवा क्षेत्र वृद्धि हुन्छ त्यसले गैरकृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्ने हुँदा कृषिमा आवद्ध मानिसलाई क्रमिक रुपमा घटाउन सकिन्छ ।

प्रस्तावित विकासको मोडालिटी कार्यन्वयनमा लैजान थुप्रै चुनौतीहरु भने देख्न सकिन्छ ।कृषिविकास बहुआयामिक भएकोले यसको विकास अन्य थुप्रै मुद्दार निकायहरुसँग जेलिएर रहेको हुन्छ ।जस्तो कि जमिन, सिंचाइ, जन, उद्योग, सडक, जलविद्युत, पूर्वाधार, सहकारी, बैंक आदि।तसर्थ, कृषिको रुपान्तरणको काम कृषि मन्त्रालयबाट भएको र हुने एकल प्रयासले मात्र सम्भव हुने देखिदैन।यीनै कारणले कृषि क्षेत्रको विकासका लागिदेशको मूल नेतृत्वको अभिभावकत्व प्राप्त गर्नु अनिवार्य हुने गर्दछ ।

कोरोना महामारी पश्चातको कृषिलाई सवलीकरण गर्न नवीनतम प्रविधिको उपयोग निकै जरुरी देखिन्छ । अहिले विश्वभर कृषि प्रणाली क्रमिक रुपमा डिजिटल बन्दै गएको छ । जस्तो कि स्याटेलाइट इमेज र ड्रोनले लिने भर्चुअल फोटोको सहयोगले बालीको अनुगमन र ड्रोन प्रयोग गरी बालीमा मलखाद र विषादी हाल्ने प्रविधि ।

यस्तो प्रविधि सामन्य किसानले समेत आफ्नो मोबाइल एप्स प्रयोग गरी सञ्चालन गर्न सक्दछन्। यो धेरै खर्चिलो पनि हुँदैन र वातावरणमैत्री समेत रहेका छन् ।यसको अतिरिक्त, यस्ता प्रविधिको उपयोगले उत्पादन खर्च उलेख्य रुपमा घटाउन सकिन्छ ।

बन्दाबन्दीको समय उपयोग गर्दै नेपालका युवा वैज्ञानिकले यी प्रविधिको अनुसन्धानमा व्यापक रुपमा जुटिरहेका छन् र पछिल्लो समयको प्रगति आशा लाग्दो देखिएको छ । हरेक अफ्ठेरा अवसर रहने हुनाले महामारी पश्चातको सबलिकृत कृषिले देशको मुहार फेर्न सक्ने देखिन्छ । आवश्यकता भनेको कृषिलाई मूल नेतृत्वको  अभिभावकत्व, सबल नेतृत्व, स्पष्ट मार्गचित्र र प्रभावकारी कार्यन्वयन।

(गदाल कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment