Comments Add Comment

भीम अस्पतालबाट कोरोना परीक्षण नै नगरी २६ जना संक्रमित डिस्चार्ज 

२ असार, बुटवल । भैरहवास्थित भीम अस्पतालबाट २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

गत जेठ १९ र २० गते कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २८ मध्ये २६ जनालाई मंगलबार डिस्चार्ज गरिएको हो । १४ दिन आइसोलेसनमा बसेका २६ जनामा कोरोनाका लक्षण नदेखिएपछि पीसीआर परीक्षण नगरी डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नवीन दर्नालले जानकारी दिए ।

डिस्चार्ज हुनेहरुमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षीया महिला, ४१ र ४३ वर्षीय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षीया महिला र ४२ वर्षीय पुरुष, मायादेवी गाउँपालिकाका १५ देखि ४५ वर्षका ५ जना पुरुष छन् ।

यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिकाका ३३ र ४१ वर्षीया दुई जना महिला, बुद्धभूमि नगरपालिकाका १९ देखि ४७ वर्षका ११ जना पुरुष, शिवराज नगरपालिकाका २४ वर्षीया महिला, नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावल गाउँपालिका २६ वर्षीय पुरुष छन् ।

अब अस्पतालमा एक जना गर्भवतीसहित दुईजना मात्र आइसोलेसनमा रहेका उनले बताए । यसअघि जेठ १९ गते उक्त अस्पतालबाट २५ जना डिस्चार्ज भइसकेको प्रवक्ता गोपाल उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment