Comments Add Comment

लागूऔषध गाँजासहित एक जना पक्राउ

२२ असार, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले २३ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पटेर्वासुगौली-१ सोनवर्षा बस्ने २८ वर्षीय किसुन मण्डललाई पक्राउ गरेको हो ।

प्रहरीले स्थानीय सदै मियाँको घरमा लुकाएर गाँजा राखेको अवस्थामा मण्डललाई पक्राउ गरेको थियो । सदै मियाँको घरबाट बरामद भएको गाँजासहित मण्डललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिए ।

भैँसी र पाडो नियन्त्रणमा

पर्साको पोखरिया नगरपालिकाबाट प्रहरीले १२ वटा भैँसी र पाडो नियन्त्रणमा लिएको छ । पोखरिया-१० बैरिया विर्ताबाट ४ वटा भैँसी र ८ वटा पाडा नियन्त्रणमा लिएको हो । भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भैँसी र पाडा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।

भैँसी र पाडाको मूल्य २ लाख ६० हजार अनुमान गरिएको छ । प्रहरीका अनुसार आवश्यक कारबाहीको लागि भैँसी र पाडालाई वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

बाराबाट पनि एक जना पक्राउ

बाराबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जितपुरसिमरा उप–महानगरपालिका–८ लोसण्डा बस्ने २८ वर्षीय पाचु पासवान पक्राउ परेका हुन् । उनको साथबाट ७ किलो ५ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमरा बाराको टोलीले उनलाई आइतबार राति साढे ११ बजेतिर नियन्त्रणमा लिएको थियो । सोमबार बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment